खाना पचेन ? यो हो पचाउने उत्तम उपाय | Khabarhub Khabarhub

खाना पचेन ? यो हो पचाउने उत्तम उपाय


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

हरेक मानिस स्वाद अनुसार विभिन्न परिकारका खानेकुरा खान्छन् । खानपानमा रुचि हुनेहरुले आफुलाई मनपर्ने परिकार पाएमा आवश्यकता भन्दा बढि समेत खाने गर्दछ ।

अझ खानपानको क्रममा खानेकुराको तालमेल नमिलाई खाइन्छ, जसले अधिकाशंलाई अपच हुने गर्दछ । समय तालिकाअनुसार नियमित खानपिन नगर्ने र लापरवाही गर्ने व्यक्तिलाई पाचन प्रकृयामा समस्या आउँछ र अपच हुने गर्दछ ।

अपचले शरीरमा पेट दुख्ने, गडबडी हुने लगायतका समस्या देखा पर्न थाल्दछन् । अपच भएसँगै पेटमा गडबडी हुनुका साथै भोक नलाग्ने, शरीरमा भारीपना बढ्ने, छाति पोल्ने गर्दछ ।

साथै शरीरका विभिन्न भागमा एैठन समेत हुने गर्दछ । यसरी हुने अपचलाई औषधिले समेत तत्काल नियन्त्रण गर्न सक्दैन । तर यसरी हुने अपचलाई घरेलु उपायबाट नियन्त्रण गर्न भने सकिन्छ ।

अपच भएर पेटको दुखाइ भएको छ भने २५० मिलिलिटर पानी, ५/६ टुक्रा दालचिनी, ८ चम्चा मरिचको धूलो र २ चम्चा मह तयार पार्ने ।

उक्त पानीमा दालचिनि राखेर केहि बेर उमाल्ने । उमालिएको पानीमा मरिचको धूलो र मह मिसाउने र खाना खानुभन्दा करीब आधा घण्टा अगाबै एक चम्चा उक्त मिश्रण पिउनाले अपचबाट भएको पेट दुखाई नियन्त्रण गर्छ ।

साथै यसले पाचन प्रक्रियालाई समेत सुधार गर्छ । यदि यसरी तयार पारेको मिश्रण पिउँदा पनि अपच र पेट दुखाई नियन्त्रण नभएमा तुरुन्त चिकित्सकको परामर्श लिनुपर्छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ८ : ०४ बजे

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी

मुम्बई १४५ रनमा समेटिँदा कोलकाताको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बागमतीसहित पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल