४५ बर्षदेखि खाजाका रुपमा सिसा खाने वकिल | Khabarhub Khabarhub

४५ बर्षदेखि खाजाका रुपमा सिसा खाने वकिल


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिसले खाजामा के खाला ? घरमा भए भुटेको मकै, चाम्रे, चिउरा, रोटी र पसलबाट भए चाउमिन, मम, चटपटे वा कुनै माछामासुका परीकार वा यस्तै अरु केहि खाला ।

तर कोही मानिसले खाजामा सिसा खान्छ भन्दा के तपाई पत्याउनु हुन्छ । पक्कै पत्याउनु हुन्न होला । बरु उल्टै तपाई प्रति प्रश्न गर्नुहोला, खाजामा कसले सिसा खान्छ ? खाजा त के अन्य बेलामा पनि कोहि ब्यक्ति सिसा खान सक्दैन ।

सिसा खानु आफै खतरनाक छ  । साथै यो स्वास्थ्यका लागी पनि निकै हानिकारक छ । तर अहिले सामाजिक सञ्जालमा एक ब्यक्तिले कपाकप सिसा खाएको भिडियो भाइरल बनेको छ । उक्त भिडियोमा एक ब्यक्ति स्ट्रेमा रहेको चिम र बोतलको टुक्राहरु चबाउदै निल्दछन् ।

भिडियोमा देखिएका ब्यक्ति भारत मध्यप्रदेशमा रहेको डिन्डौरी जिल्लाको शहपुराका निवासी दयाराम साहु हुन् । उनले विगत ४५ बर्षदेखि खाजामा सिसा खादै आएका छन् ।

दयाराम पेशाले वकील हुन् । सिसा खानु दयारामको कुनै बाध्यता न त उनि कुनै मनोरोगको शिकार छन् यो उनको शँैख हो । बालापनबाटै सिसा खाने शुरु गरेका दयाराम आजपनि खाजामा सिसाका टुक्रा चपाएर खाने गर्दछन् ।

अझ रोचक कुरा त के छ भने दयारामकी श्रीमती समेत श्रीमानलाई खाजा ख्वाउन अन्न, तरकारी, वा फलफुल होइन सिसाको बन्दोबस्तमा जुट्दछिन् । उनी श्रीमानलाई सिसा खान रोक्ने भन्दा पनि सिसा जुटाउन लागि पर्छिन् ।

दयारामकी श्रीमतीका अनुसार विवाह पछि मात्र उनले श्रीमानले लुकिछिपि सिसा खाएको देखिन् । त्यसपछि कैयौं पटक श्रीमानलाई सिसा नखान अनुरोध गरीन् । तर दयाराममा सिसा खाने लत यसरी बसेको थियो कि उनले त्यसलाई छाड्न सकेनन् । बिस्तारै उनकी श्रीमती स्वयम् उनलाई सिसा खान खोजिखोजी ल्याई दिन्छिन् ।

पहिले एक किलोसम्म सिसा खाने दयाराम दा“त कमजोर भएसंगै त्यसको मात्रा घटाउदै आएका छन् । दयारामका अनुसार सिसा खानु उनको लत बनिसकेको छ । यो खतरनाक लतका कारण सिसा खाने क्रममा उनको दा“त सहित स्वास्थ्यमा असर परीरहेको छ । उनी अन्य कोहिलाई पनि सिसा नखान सुझाव समेत दिन्छन् । पछिल्लो समय उनी आफै पनि कम मात्रामा सिसा खादै अँएका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  १ : २१ बजे

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही

बर्दियामा पाटेबाघ मृतावस्थामा फेला

बर्दिया – बर्दियाको मधुवन नगरपालिका–४ का कालिका सामुदायिक वनमा मृतावस्थामा