नयाँ सभामुख चयन गर्न नेताहरुले थाले परामर्श | Khabarhub Khabarhub

नयाँ सभामुख चयन गर्न नेताहरुले थाले परामर्श


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कार्यकालको बीचमै सभामुख कृष्णबहादुर महराले राजीनामा दिने परिस्थिति बनेपछि नयाँ सभामुख चयनका विषयमा परामर्श शुरु भएको छ ।

यौन दुर्व्यवहारको आरोप लागेपछि महराले पदबाट राजीनामा दिएका थिए । संघीय संसद् सचिवालयमै कार्यरत एक महिलाले जबर्जस्ती करणीको अभियोग लगाएपछि महराले सभामुखबाट राजीनामा दिएका थिए । उनको राजीनामा लगत्तै आरोपित भनिएकी महिलाले आफ्नो आरोप खण्डन पनि गरेकी छन् ।

उनले दिएको राजीनामा प्रतिनिधिसभा नियमावली अनुसार आएको भन्दै संसद सचिवालयले सूचना जारी गरेको छ भने स‌ंसद सचिवालयले पनि आफ्नो वेभसाइटबाट सभामुख महराको नाम हटाएको छ ।

नयाँ सभामुख चयनका विषयमा सत्तारुढ नेकपाले छलफल शुरु गरेपनि कसलाई बनाउने भन्ने बारेमा नामका विषयमा छलफल नभएको एक नेताले बताए ।

नयाँ सभामुख चयन नियमित वा विशेष अधिवेशनमा गर्ने परामर्श भएको छैन। अधिवेशन र पात्रबारे अनौपचारिक परामर्श भने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चलाएको छ ।

संवैधानिक व्यवस्था अनुसार, सभामुख वा उपसभामुख फरक राजनीतिक दलको हुनुपर्छ। सभामुख वा उपसभामुखमध्ये एक फरक लिङ्गको हुनुपर्ने पनि संवैधानिक व्यवस्था छ। अहिले उपसभामुख तत्कालीन एमालेबाट निर्वाचित डा. शिवमाया तुम्बाहाङ्फे छन् ।

यसअघि सभामुखमा माओवादी केन्द्रबाट महरा उम्मेदवार बनेका थिए । दुई दल एकीकृत भएपछि विपक्षी दलले पुनः निर्वाचनको माग गरे पनि सशक्त कार्यसूची भने बनाउन सकेको थिएन।

अबको समीकरण अनुसार उपसभामुखमा तुम्बाहाङ्फेलेलाई निरन्तरता दिएमा सभामुख नेकपाले पाउने छैन। अन्य दललाई सभामुख दिन नेकपाले नचाहेमा उपसभामुखको राजीनामा अनिवार्य छ।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले अब परामर्श स्वभाविक भएपनि वृहत छलफल नभएको बताए । उनले भने, ‘हामीले भर्खर मात्रै अप्रत्याशित घटना फेस गरेका छौँ। अब सभामुख चयनको प्रक्रिया दलीय सहमतिमा नै अघि बढ्छ। व्यक्तिबारे हामीले कुनै छलफल गरेका छैनौँ। सम्भवतः अब अर्को अधिवेशनमा नै चयन प्रक्रिया अगाडि बढ्छ।’

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  ७ : ३९ बजे

माओवादीले २० गते एकतामा आउने पार्टीसँग बैठक बसेर संगठनात्मक विषय टुङ्गो लगाउने

काठमाडौं– नेकपा माओवादी केन्द्रले आगामी कार्तिक २० गते एकतामा आउने

कृषि पेसाबाट मनग्य आम्दानी

तेह्रथुम– नेपालको अर्थतन्त्रलाई बलियो बनाउने एक खम्बा हो, कृषि पेसा

ट्राफिक प्रहरीको अर्को कार्यालयमा काठमाडौं महानगरको डोजर (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरमा रहेको ट्राफिक प्रहरी प्रभागमा

तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा

काभ्रेपलाञ्चोक– बाढीपहिरोका कारण तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा आएको छ

हुम्लाको लाप्चामा सञ्चार सुविधा नहुँदा पर्यटकलाई समस्या

सिमकोट–  हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको पर्यटकीय गन्तव्य लाप्चामा सञ्चार सुविधा