बियरका बोतलबाट निर्मित यो अनौठो बौद्ध स्तुपा | Khabarhub Khabarhub

बियरका बोतलबाट निर्मित यो अनौठो बौद्ध स्तुपा


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हामीले विभिन्न ठाउँका विभिन्न रोचक र अनौठा घटनाहरु सुन्दै र देख्दै आएका छौं । यस पृथ्वीमा केही प्राकृतिक रुपमै अनौठा र आश्चर्यचकित पार्ने स्थान छन् त केही मानव निर्मित ।

थाइल्याण्डमा यस्तै मानव निर्मित एउटा अचम्मको बौद्ध स्तुपा छ । सुन्दा पत्याउन मुस्किल हुन्छ । किनकी यो बौद्ध स्तुपा इट्टा, ढुंगा या सिमेन्टले बनेको छैन । बौद्ध स्तुपाको निर्माण बियरका खाली बोतलले गरिएको छ । स्तुपाको सबैतिरका पिलर समेत बियरका बोतलले नै बनाइएको छ ।

यस स्तुपालाई देखेर इन्जिनियर नै चकित हुने गर्छन् । यस बौद्ध स्तुपाको अवलोकन गर्न  टाढा–टाढादेखि वर्षेनी लाखौंको संख्यामा मानिसहरु यहाँ आउने गर्छन् ।

थाइल्याण्डको शिशकेत प्रान्तमा रहेको यो स्तुपा बनाउनका लागि दश लाख बियरका बोतलको प्रयोग गरिएको बताइन्छ । यस बौद्ध स्तुपामा भिक्षु पनि बस्दै आएका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  ९ : ०२ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र