अस्पतालका उपकरण थन्किए, बिरामीलाई समस्या « Khabarhub

अस्पतालका उपकरण थन्किए, बिरामीलाई समस्या


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- भेरी अस्पतालमा मिर्गौलाका बिरामी दैनिक बढेका छन् । तर, अस्पतालमा आवश्यकताअनुसारका उपकरण छैनन्, भएका उपकरण बिग्रिएका छन् ।

चार मेसिनमध्ये दुई कामै नलाग्ने भएका छन् भने अस्पतालमा बिरामी र कुरुवाका लागि आवश्यक शौचालयसमेत छैनन् ।

बिरामीलाई एक ठाउँबाट अर्को ठाउँसम्म लैजान ह्वीलचियर छैन । दक्ष जनशक्ति, विशेषज्ञ चिकित्सक र स्टाप नर्सको अभाव छ ।

अस्पतालको डायलासिस युनिट समस्यै–समस्याले ग्रसित छ । तर, पनि यसको व्यवस्थापन, मेसिनको मर्मत सुधार र नयाँ मेसिन थप्ने काममा अस्पताल प्रशासनले चासो देखाएको छैन ।

अस्पतालमा उपचारका लागि अधिकांश निमुखा र गरीब बिरामी नै आउने गरेका छन् । मेसिनको अभावमा डायलासिसका लागि पालो कुरेका बिरामी मृत्यु पर्खेर बस्नुपर्ने बाध्यता छ ।

गरीब निमुखा बिरामीलाई डायलासिस मेसिन थपेर सेवा दिनुपर्ने मिर्गौलापीडित बिरामीहरुको माग छ । भेरी अस्पताललाई मध्य र सुदूरपश्चिम नेपालकै रेफरल सेन्टर (सिफारिश केन्द्र) का रुपमा लिइने गरिन्छ ।

यसैले हेमोडायलासिस युनिटमा उपचारका लागि डायलासिस मेसिन, दक्ष जनशक्ति र युनिट सञ्चालनका लागि आवश्यक कोठा थप गर्न अस्पताल प्रशासनसँग माग गरेको डा पारस श्रेष्ठ बताए । उनका अनुसार अहिले पनि भेरीमा २३ बिरामी पालो कुरेरै बसेका छन् । अहिले दैनिक दुई सिफ्ट चलेको डायलासिसमा चार जनाले मात्र डायलासिस गर्न पाएका छन् ।

अरू बिरामी पालो कुररै बसेका छन् । डायलासिस विभागका अनुसार अहिले हप्तामा १२ जनाले मात्र जसोतसो डायलासिस गरिरहेका छन् । मिर्गौला रोगीले भेरी अस्पतालमा पालो नपाएर निजी अस्पतालमा महङ्गो रकम तिरेर डायलासिस गर्न बाध्य छन् । दरबन्दीअनुसार विशेषज्ञ चिकित्सकको अभावमा सरकारी अस्पतालमा उपकरण थन्किएर बसेका छन् ।

अहिले हेमोडायलासिस युनिट प्रमुख डा श्रेष्ठले उपचारका लागि आउने बिरामीको उपचार गरिरहेका छन् । उनका अनुसार बिरामीको चाप बढेको छ, मेसिनको अभाव छ । भएका चारमध्ये दुई मेसिन कामै नलाग्ने गरी बिग्रिएका छन् । अहिले दुई चलिरहेका छन् । उनले भने, “चलिरहेका दुईमध्ये पनि एउटा मेसिनले डायलासिस गर्दा पटक–पटक धोका दिइरहेको छ ।”

बिरामीका आफन्त हरेक दिनजसो आउनुहुन्छ पालो आएको छैन भनेर पठाउन बाध्य भएको डा. श्रेष्ठ बताउँछन् । बिरामीको चापअनुसारको डायलासिस मेसिन र दक्ष जनशक्तिको अभाव हुँदा बिरामी मर्कामा परेका छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा रुपानन्द अधिकारीले डायलासिस गर्ने मेसिन मर्मत तथा खरीदका लागि पहल भइरहेको बताए ।

समयमै डायलासिस उपचार नपाएका कारण बाँकेमा पनि केही मिर्गौलापीडितको मृत्यु भइसकेको छ । बिग्रिएको डायलोसिस मेसिन मर्मतको प्रयास भइरहेको मेसु डा रुपानन्द अधिकारी बताउनुहुन्छ । मिर्गौलाका बिरामीलाई अस्पतालले सहजरुपमा डायलासिस सेवा उपलब्ध गराउँदै आएको मेसु अधिकारीको दाबी छ ।

मेसिनको अभावमा बिरामीले पालोसमेत पाउन नसकेपछि मिर्गौलारोगीका लागि भेरी अस्पतालमा दुई सिफ्ट मात्रै नभई २४ सै घण्टा डायलासिस सेवा शुरू गर्नुपर्ने मिर्गौलापीडितहरुको माग छ ।

दिउँसो र बिहान मात्र दिइँदै आएको डायलासिस सेवा साँझ र रातिमा पनि दिनुपर्ने र यसका लागि अस्पतालले आवश्यकताअनुसार जनशक्ति र मेसिनको व्यवस्थापन गर्नुपर्नेमा मिर्गौलापीडितहरूले आवाज उठाएका छन् ।

अहिले दैनिक चार जनाको डायलासिस हुँदै आएकामा सेवाअवधि थप भएपछि डालासिस सेवा पाउने बिरामीको सङ्ख्या पनि बढ्ने र डायलासिस गर्न जिल्ला बाहिर र निजी अस्पतालमा महङ्गो रकम तिर्नुपर्ने बाध्यताको अन्त्य हुनेछ ।

डायलासिस सेवा सञ्चालनमा रहे पनि पर्याप्त स्रोत र उपकरण नहुँदा आकस्मिक भर्ना भएका र नयाँ बिरामीले लामो समय कुर्दा पनि पालो नपाएर अन्यत्र जानुपर्ने बाध्यता छ ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  १० : ४९ बजे

इ-कमर्स व्यवसायलाई व्यवस्थित गर्न नयाँ निर्देशिका जारी : पोर्टलमा सूचीकरण अनिवार्य

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विद्युतीय माध्यमबाट हुने व्यापारलाई

लिङ्देनको गुनासो : चुनावअघि नै राजासहितको नयाँ समझदारी गरौँ भन्दा कसैले सुनेनन्

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचनपछि नयाँ

मतदान गर्नुअघि देश जलाउने र बनाउनेलाई चिनौँ : महेश बस्नेत

भक्तपुर- नेकपा एमालेका सचिव महेश बस्नेतले मध्यपुरथिमि क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटकको

गृहमन्त्री अर्यालद्वारा ‘रासस मिडिया सङ्ग्रहालय’ अवलोकन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले ‘रासस मिडिया सङ्ग्रहालय  र समाचार बुलेटिन