दशैंमा भारतसँगको झुलाघाट नाका तीन दिन बन्द | Khabarhub Khabarhub

दशैंमा भारतसँगको झुलाघाट नाका तीन दिन बन्द


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– नेपाल–भारत सीमानाका बैतडीको झुलाघाट नाका आजदेखि तीन दिनका लागि बन्द हुने भएको छ ।

भारतको पिथौरागढ जिल्लामा अक्टोबर ५ तारेख (असोज १८ गते) जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनको सुरक्षा संवेदनशीलताका कारण जनाउँदै सीमा नाका बन्द हुन लागेको हो ।

आज साँझ ५ बजेदेखि १८ गते साँझ ५ बजेसम्म तीन दिन अन्तर्राष्ट्रिय सीमा (पुल) बन्द हुने भएको हो । यसका साथै अक्टोवर १६ तारेख(असोज २८ गते) दिन भारतको पिथौरागढ जिल्ला धार्चुला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनलाई मध्यनजर गरी दार्चुलाको सीमानाका पनि बन्द हुने भएको छ ।

उक्त नाका असोज २७ गते साँझ ५.१५ बजेदेखि असोज २९ गते साँझ सवा ५.१५ बजेसम्म बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए ।

चाडपर्वको बेला सीमानाका बन्द हुने भएपछि भारतबाट घर फर्किने नेपालीलाई समस्या हुने देखिएको छ । आकस्मिक रुपमा निर्वाचनको बिचमा पुल खोल्नुपरेमा आपसी समझदारीमा खोल्न सकिने बताइएको छ ।

बैतडी प्रहरीको विशेष सुरक्षा योजना लागू

नेपालीहरुको मुख्य चाडपर्व दशैंँतिहारलाई मध्यनजर गर्दै बैतडी प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ । चाडपर्वलाई शान्तपूर्ण रुपमा सम्पन्न गराउने सुरक्षा योजना बनाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चाडपर्वका बेला हुनसक्ने सम्भावित घटनालाई ध्यानमा राखेर प्रहरी निरीक्षकको कमाण्डमा जिल्लाभरी ३३२ प्रहरी खटाइने बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

यसका साथै सुरक्षाको लागि उपलब्ध स्रोतसाधन अधिकतम खटिने जनाइएको छ । सम्भावित आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न कडाइका साथ चेकजाँचको व्यवस्था मिलाइएको छ ।

यस्तै पाटन, मेलौली र सदरमुकाम क्षेत्रमा गाडी स्टेण्डबाइ राख्ने र आवश्यक परेमा अन्य सरकारी निकायसँग पनि समन्वय गर्ने सुरक्षा योजनामा समेटिएको छ ।

यस्तै वित्तीय कारोबार हुने क्षेत्र, मेला हुने क्षेत्रलाई विशेष निगरानीमा राखेर प्रहरी परिचालन गरिने बताइएको छ । चाडपर्वका बेला हुनसक्ने सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सवारी चेकजाँचलाई अझै प्रभावकारी बनाइने प्रहरीले जनाएको छ ।

मादकपदार्थ ओसारपोसार, बेचबिखन र सेवनलाई नियन्त्रणका लागि सम्बद्ध पक्षसँग समन्वय गरिनेछ ।

स्थानीय तह, स्थानीय प्रसासन तथा सम्बद्ध पक्षसँग समन्वय गरी बजार अनुगमनलाई प्रभावकारी बनाइएको छ । जिल्लाका पाँच स्थानमा ट्राफिकसहित अन्य १० स्थानमा नेपाल प्रहरीको चेकिङको व्यवस्था मिलाइएको छ । दैनिक सात वटा पैदलगस्ती र सीमानाकामा २४ सै घण्टा चेकजाँचको व्यवस्था गरिएको छ ।

कालोबजारी, जुवातास तथा झै झगडाजस्ता घटना उपर निगरानी बढाइने र संलग्नलाई कानून बमोजिम कारवाही हुने भएको छ । तीन वटा प्रहरीको टोलीलाई सादा पोशाकमा समेट खटाईएको छ । शान्ति सुरक्षालाई मजबुद बनाउन नियमित चेकिङ तथा द्रुत परिचालन टोलीसमेत परिचालन गरिएको छ ।

सवारी दुर्घटना तथा यात्रु लुटिने, ठगिनसक्ने सम्भावनालाई मध्यनजर राखी सीमानाकासहित जिल्लाका पाँच स्थानमा स्वास्थ्यकर्मीसहित यात्रुसहयता कक्ष स्थापना गरिएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  १२ : ३५ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर