ओली–प्रचण्डको सम्बन्ध सोले फिल्मका जय र बिरु जस्तै–प्रभु साह « Khabarhub

ओली–प्रचण्डको सम्बन्ध सोले फिल्मका जय र बिरु जस्तै–प्रभु साह


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सम्बन्ध हिन्दी चलचित्रका शोले को जय र वीरु जस्तो रहेको जीकिर गरेका छन् ।

विहिबार दशै, तिहार र छठको अवसरका रौतहटको देवाही गोनाही नगरपालिका -६, कर्कचमा नेकपा नगर कमिटीद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा अध्यक्ष साहले दुई अध्यक्षको एकता मुकुलको आवशक्ता , देशको समृद्धि र कम्युनिष्ट आन्दोलनलाई सफल बनाउनका लागि भएको बताए ।

बलिवूड चलचित्र शोलेको चर्चा गर्दै अध्यक्ष साहले भने, “तपाइँहरुले शोले फिल्म हेर्नुभएकै होला । आतंकको रुपमा रहेको गब्बर सिंहलाई परास्त गर्न जय र विरुले मिलेर लड्नुपरेको हुन्छ । सायद एक्लै भएको भए माहोल अर्कै हुन्थ्यो । त्यस्तै मुलुकलाई अग्रगमनतर्फ अगाडि बढाउन दुई वामपन्थी कमाण्डर मिलेका हुन । जय विरु जस्तै हाम्रा पार्टीका अध्यक्षद्वय समाजलाई उत्पीडन, पछौटेपनबाट छुटकारा दिलाउन मिलेर लडिरहेका छन् ।”

असत्यमाथि सत्यको विजयको खुसियालीको रुपमा दशै मनाइरहँदा समाजबाट गलत प्रवृत्ति र बेथिति अन्त्य गर्न सबै जना अग्रसर हुन सांसद साहको आग्रह थियो । ग्रामीण बिकासका लागि जनता स्वयं सक्रिय भएर सरकारसंग हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताउदै सांसद साहले स्वाभिमान र सम्मानसहितको समाज निर्माणमा लाग्न बताए ।

कार्यक्रममा विकास निर्माणलगायतको विषयमा सांसद साह र स्थानीयबीच अन्तरक्रिया भएको थियो । सो अवसरमा संघीय सांसद समिना हुसेन, प्रदेश सभा सदस्य कुन्दन कुश्वाहालगायतको नेताहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  १ : ०२ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

विश्वकपमा जापानको सनसनीपूर्ण प्रदर्शन: नेदरल्यान्ड्स २–२ को बराबरीमा रोकियो

टेक्सस – खेलको अन्तिम समयमा डैची कमदाले गोल गरेपछि जापानले

अमेरिका-इरान शान्ति सम्झौताको १४ बुँदे मस्यौदा सार्वजनिक

काठमाडौँ – अमेरिका र इरानबीच तय भएको ‘शान्ति सम्झौता’ को

अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि ऐतिहासिक ‘शान्ति सम्झौता’

काठमाडौँ – अमेरिका र इरानबीच जारी युद्ध अन्त्यका लागि दुवै

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असार १ गते सोमबार । औंसी