एथलेटिक्सको कमजोर ‘दौड’– छैन सागमा स्वर्ण जित्ने लक्ष्य ! | Khabarhub Khabarhub

एथलेटिक्सको कमजोर ‘दौड’– छैन सागमा स्वर्ण जित्ने लक्ष्य !



काठमाडौं – मंसिर १५ गते काठमाडौंमा उद्घाटन हुने १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) ले नेपाली खेलकुदमा सरगर्मी बढेको छ ।

सागमा समावेश गरिएका मध्ये कतिपय खेलहरुले अन्तिम चरणको खेलाडी छनोट पनि सम्पन्न गरिसकेका छन् । यस्तै, कति खेलहरु दशैं विदा अगाडि नै साग खेल्ने खेलाडी तथा टिम छनोट सम्पन्न गर्ने लक्ष्यमा छन् ।

युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सागमा आयोजक राष्ट्रका हैसियतले पनि राम्रो नतिजा ल्याउनु पर्ने दबाब रहेको छ ।

यस्तै, राखेपले पनि संघहरुलाई अभ्यासमा ध्यान दिएर लाग्न र राम्रो नतिजा ल्याउन भनेको छ ।

तर, नेपाली खेलकुदमा कुनै समय निकै सफल खेलका रुपमा स्थान बनाएको एथलेटिक्स भने सागमा आफ्नो स्तर केहो भन्ने पनि प्रष्ट पार्न सकिरहेको छैन ।

बन्द प्रशिक्षणमा रहेका २८ मध्ये अधिकाशं खेलहरु सागमा कुनै न कुनै स्पर्धामा स्वर्ण जित्ने दाबी गरिरहेका छन् । तर, १८ वटा स्पर्धा रहेको एथलेटिक्सका प्रशिक्षक भने सागमा स्वर्ण जित्छौ भन्नसमेत सकिरहेको छैनन् ।

किर्तिमानी म्याराथन धावक वैकुण्ठ मानन्धरले सागका शुरुका तीन संस्करणमा लगातार तीन स्वर्ण जितेका थिए भने त्यसयता सातौं सागमा टिका बोगटी र एघारौं सागमा राजेन्द्र भण्डारीलेमात्रै स्वर्ण जितेका छन् ।

भारतको गुवाहाटीमा सम्पन्न १२ औं सागमा आइपुग्दा त झन् एथलेटिक्स कमजोर बन्न पुग्यो । उक्त संस्करणमा हरि कुमार रिमालले मात्र कास्य पदक दिलाउँदै नेपाली एथलेटिक्सको इज्जत जोगाएका थिए ।

कुनै समय स्वर्णको दाबेदारी पेश गर्ने एथलेटिक्स अहिले किन कमजोर भयो भन्ने बारेमा कुनै बहस हुन सकिरहेको छैन ।

नेपाली एथलेटिक्सको विकासका लागि नेपाल एथलेटिक्स संघ (एनएए) समेत रहेको छ । जसको नेतृत्वमा राजिव विक्रम शाह छन् । उनी नेपाली कांग्रेसबाट संविधानसभामा सभासद् थिए ।

गएको चैतमा अध्यक्षमा दोस्रो कार्यकालका लागि चुनिएका शाहले ६ महिना वितिसक्दा पनि उनले संघलाई पूर्णता दिन सकेका छैनन् ।
त्यतिमात्रै होइन शाहले नजिकिँदै गरेको सागमा संघको लक्ष्यबारे कोहीसँग छलफलर र योजना बनाउने काम समेत नगरेको श्रोतको भनाइ छ ।

‘अहिले देशमा सागको माहौल छ । तर, अध्यक्षले सागमा एथलेटिक्सको भूमिका के हुन्छ । कसरी एथलेटिक्स सहभागी हुन्छ । भन्नेमा समेत छलफल गर्न सकेका छैनन्,’ उनले भने,‘सागमा विभिन्न देशबाट प्रतिनिधिहरु बोलाउनु पर्ने हुन्छ । झण्डै २ सयको हाराहारीमा सागका लागि मान्छेहरु चाहिँछन् । तर, अहिलेसम्म यस विषयमा कुनै छलफल नै भएको छैन् ।’

त्यतिमात्रै होइन सागमा सहभागी राष्ट्रका एथलेटिक्स संघहरुसँग छलफल गर्नु पर्नेमा शाहले त्यो पनि गर्न सकेका छैनन् ।

‘अहिलेसम्म सागमा कुन–कुन इभेन्ट समावेश छन् भन्नेसम्म पनि अभ्यासमा रहेका खेलाडी र प्रशिक्षकलाई छैन्,’ स्रोतले भन्यो,‘सहभागी राष्ट्रका एथलेटिक्स संघहरुसँग बैठक गर्नु पर्ने त्यो छैन । सागका लागि कति जनशक्ति आवश्यक पर्छ भन्ने पनि छैन । नेपालमा पर्याप्त जनशक्ति छैन । बाहिरबाट कति ल्याउने के गर्ने जस्ता कुराहरुमा ध्यान दिनु पर्ने त्यो हुन सकेको छैन् ।’

एथलेटिक्स संघका अध्यक्ष शाह यतिबेला ‘वल्ड एथलेटिक्स च्याम्पियनसिप’ मा सहभागी हुन कतारमा छन् ।

एथलेटिक्सका मुख्य प्रशिक्षक चन्द्र गुरुङ सागको अभ्यास राम्रो भएपनि स्वर्ण पदक जित्न कठिन रहेको बताउँछन् ।

‘सागमा हामीले पदक जित्छौं । तर, स्वर्ण नै जित्छौ भनेर भन्न सक्ने माहोल छैन । यसमा पनि नेपालले म्याराथन, ५ हजार मिटरको दौड र १० हजार मिटरमा पदक जित्न सक्छ,’ प्रशिक्षक गुरुङले भने,‘सागमा स्वर्ण जित्न हामीले दिर्घकालिन योजना बनाएर लाग्नु पर्छ । यसरी हुँदैन ।’

अहिले सागको बन्द प्रशिक्षणमा महिला पुरुष गरि ४७ जना खेलाडी रहेको प्रशिक्षक गुरुङले बताए । यीनै ४७ जनामध्येबाट सागका लागि आवश्यक पर्ने १८ जना महिला र १८ जना पुरुष खेलाडी रहनेछन् ।

‘नेपाल मध्येम र लामो दुरीको म्याराथनमा पदक ल्याउन सक्छ । तर, यसमा पनि अहिले भारत र श्रीलंका निकै माथि छन् । हामी हिजो जहाँ थियौं त्यहाँबाट पनि तल झरेका छौं,’ प्रशिक्षक गुरुङले भने,‘ म स्वर्ण त पक्का भन्न सक्दैन । तर, रजत र कास्य पदक जित्न सक्छौं ।’

किन सकिँदैन स्वर्ण जित्न ?

नेपालले खेलेका १२ संस्करणसम्म एथलेटिक्सबाट सागमा ५ स्वर्ण जितेको छ भने आगामि दिनमा भने नेपाललाई एथलेटिक्समा स्वर्ण जित्न निकै कठिन रहेको बताइन्छ ।

प्रशिक्षक गुरुङ पनि दक्षिण एसियामा भारत श्रीलंका र पाकिस्तान बलियो हुँदै गएको बताउँछन् । तर, नेपालले आफुलाई माथि उठाउन नसक्दा अन्य समस्या भइरहेको उनको भनाइ छ ।

नेपाल एथलेटिक्स संघ आफैं पनि चुस्त दुरुत्स रुपमा नलाग्दा समस्या भइरहेको एथलेटिक्स विज्ञ रघु वन्त बताउँछन् ।

‘संघ आफै अलमलमा छ । अहिलेको नेतृत्वले संघलाई कमजोर मात्रै बनाइरहेको छैन् । यसले भताभुङ्गै पार्छ,’ वन्तले भने,‘अहिले घरमै साग हुँदैछ । खोइ त ? हाम्रो लक्ष्य । नेपाली एथलेटिक्सको सागमा के हुन्छ प्रदर्शन ?’

शाह अध्यक्ष भएको ६ महिना पुरा भइसक्दा पनि उनले आफ्नो कार्यसमितिलाई पूर्णता दिन नसक्दा पनि संघ आफै कहाँ गइरहेको छ भन्ने अन्योल एथलेटिक्स संघमा देखिएको छ ।

प्रशिक्षक गुरुङ नेपालले सागमा एथलेटिक्समा स्वर्ण जित्ने हो भने कम्तिमा पनि एक बर्षको तयारी अवधि छुट्याएर त्यसै अनुसार योजना बनाएर लाग्नु पर्ने बताउँछन् । तर, सागको बन्द प्रशिक्षण जेठ २८ देखि शुरु गरेको एथलेटिक्समा शुरुको एक डेढ महिना अलमलमै वितेको प्रशिक्षक बताउँछन् ।

‘अहिले पनि योजनाहरु छन् । तर, यो योजना निकै छोटो समयका लागि भयो । बन्द प्रशिक्षण शुरुको एक डेढ महिना त हामीले अभ्यास गर्ने ठाउँ नै ठिक भएन,’ प्रशिक्षक गुरुङले भने,‘लगनखेलमा अभ्यास गर्दा हाम्रो सामान कहाँ राख्ने भन्ने पनि समस्या थियो । त्यहाँ हुँदा कहिले केही भयो त कहिले केही तर, अहिले आर्मीकै भद्रैकालीमा अभ्यास गरिरहेका छौं ।’

प्रशिक्षक गुरुङ नेपालले स्वर्ण जित्ने हो भने दिर्घकालीन रुपमा योजना बनाएर लाग्नु पर्ने बताउँछन् । ‘तयारी दिर्घकालिन रुपमा हुनु पर्छ । अभ्यास राख्नु अगाडि देखि नै खेलाडीलाई त्यहिँ तरिकाले तयार गरेर अभ्यासमा ल्याउनु पर्छ ।

छोटो समयका लागि बनाएका योजनामा सफलता हात पार्न कठिन हुन्छ ।’सागमा नेपाललाई एथलेटिक्सबाट पदक दिलाउन सक्ने खेलाडीको सूचिमा कृष्ण बस्नेत, सोम कुमाल, दिपक अधिकारी, गोपी चन्द कार्की, हरि कुमार रिमाल रहेको छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  ४ : १२ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न