श्रम मन्त्रालयको कल सेन्टर दशैंमा पनि सञ्चालन हुने « Khabarhub

श्रम मन्त्रालयको कल सेन्टर दशैंमा पनि सञ्चालन हुने


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दशैं बिदामा पनि श्रमिकका गुनासा तथा जिज्ञासाहरुको सुनुवाईका लागि कल सेन्टर नियमित रुपमा नै संचालन हुने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा स्थापित कल सेन्टरले दशैं बिदा अवधिभर पनि सेवा दिने वैदेशिक रोजगार वोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए ।

दशैं अवधिभर कार्यालय समय १० बजेदेखि ५ बजेसम्म एक सिफ्टमा मात्र सेवा प्रवाह गरिने श्रेष्ठले बताए । कल सेन्टरमा ९ जना कर्मचारीले २ सिफ्ट गरेर श्रमिकका गुनासा सुन्ने र टिप्ने कार्य गर्दै आएका छन् ।

श्रम सम्बन्ध, रोजगारी र सामाजिक सुरक्षा क्षेत्रसँग सम्बन्धित कुनैपनि समस्याको गुनासो टिपाउन सकिने र मन्त्रालयले यसको तत्काल सम्बोधन गर्न गत चैत्र १८ गते कल सेन्टरको स्थापाना गरिको थियो।

त्यसैगरी बोर्डले दशैं बिदा अवधिभर निशुल्क शव ढुवानी सेवा नियमित रुपमा नै सुचारु गर्ने कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए ।

असोज १९ देखि २२ गतेसम्म बोर्ड बन्द रहने भएपनि सेवाग्राहीको सहजताको लागि निशुल्क शव ढुवानी कार्यमा समन्वयका लागि सम्पर्क व्यक्ति तोकिएको उनले बताए।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  ५ : ५८ बजे

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

एजेन्सी– रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने

मोरङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले खस्किँदै गएको मुलुकको

कोलम्बियाको सैन्य बेसमा आक्रमण : ७ सैनिकको मृत्यु, ३० घाइते

काठमाडौं– कोलम्बियाको उत्तरपूर्वी शहर अगुआचिकामा रहेको एक सैन्य बेसमा विद्रोही

राष्ट्रपति पौडेलको असावधानीकै कारण प्रतिनिधिसभा विघटन भयो : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका नेता महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेलकै कारण