आँधीका कारण दक्षिण कोरियामा ६ जनाको मृत्यु « Khabarhub

आँधीका कारण दक्षिण कोरियामा ६ जनाको मृत्यु


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुसान- दक्षिण कोरियाको विभिन्न ठाउँमा आएको आँधीका कारण कम्तीमा छ जनाको मृत्यु भएको छ ।

सरकारी अधिकारीहरुले बिहीवार दिएको जानकारीअनुसार आँधीका कारण अरु केही हराइरहेका छन् । उनीहरुको खोजी कार्य भइरहेको दक्षिण कोरियाली अधिकारीहरुले बताएका छन् ।

राति आएको आँधीसँगै देशका विभिन्न स्थानमा अत्यधिक बर्षा पनि भएको छ । देशको दक्षिणी क्षेत्रमा बुधबार राति आँधी आएको थियो भने बाढी, पहिरोको चेतावनी समेत दिइएको थियो ।

आँधीका कारण मृत्यु हुनेमा एक जना ७० बर्षिया महिला पनि रहेको अधिकारीहरुले जनाएका छन् । देशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने पोहाङमा उनलाई शक्तिशाली हावाले उडाएको थियो ।

अत्यधिक बर्षाका कारण भत्किएको घरले पुरिएर अर्की एक महिलाको मृत्यु भएको समाचारमा जनाइएको छ । उनको घरमै सुतिरहेका बेला मृत्यु भएको गृह तथा सुरक्षा मन्त्रालयले जनाएको छ ।

अरूको पनि देशका विभिन्न ठाउँमा मृत्यु भएको छ । मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने मन्त्रालयले अनुमान गरेको छ ।

प्रभावित क्षेत्रमा ६ सय भन्दा धेरै उद्धारकर्मीहरु खटिएका छन् । उनीहरुले विपद्मा परेका नागरिकको खोजी तथा उद्धार गरिरहेका छन् । उनीहरुले कम्तीमा चार जना भग्नाबशेषमा पुरिएको अनुमान् गरेका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  ७ : ४५ बजे

निर्वाचनपछि देउवा निकट कसैले गगनको राजीनामा मागेका छैनौँ : श्याम घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका नेता श्याम घिमिरेले निर्वाचनको परिणामपछि आफूहरू कसैले

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

काठमाडौं– इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई कारबाही गरेपछि

युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु

युक्रेन– युक्रेनमा मंगलबार भएको रूसी मिसाइल र ड्रोन आक्रमणको कारण

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा

इनड्राइभले दियो ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेतालाई पुरस्कार

काठमाडौं– इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई काठमाडौंमा आयोजित कार्यक्रममार्फत