खरिद बिल नदेखाउने कपडा व्यापारीलाई कारबाही « Khabarhub

खरिद बिल नदेखाउने कपडा व्यापारीलाई कारबाही


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खरिद बिल नदेखाउने दुई कपडा पसलमाथि जरिवाना गरेको छ ।

बजार अनुगमनमा गएको विभागको टोलीले कीर्तिपुरस्थ्ति श्री आरवी फ्लोरिङ एण्ड फर्निसिङ तथा वेटर कलेक्सन रेडिमेड वयर्सविरुद्ध रु पाँच/पाँच हजार जरिवाना गरेको हो । ती फेन्सी पसलले बिक्री गर्ने सामानको खरिद बिल लुकाएका थिए ।

त्यसैगरी टोलीले ट्याङ्लाफाँटस्थित कीर्ति मिनी मार्ट र ब्रदर्श सेन्टरले म्याद सकिएको खाद्य सामग्री बिक्री गरेको पाइएपछि तत्कालै खान अयोग्य सामग्री फिर्ता गर्न लगाएको थियो ।

ती पसलका सञ्चालकलाई स्पष्टीकरण र आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिइएको विभागले जनाएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  ९ : ४५ बजे

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले

प्रधानमन्त्री बालेनको गीतले बनायो नयाँ रेकर्ड

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको नयाँ र्‍याप गीत ‘जय महाकाली’ले

पर्यटन विकाससँगै जैविक विविधता जोगाउन ‘प्यारा’ तालको संरक्षण गरिँदै

कैलाली – कैलालीसँगै सिमाना जोडिएको जिल्ला कञ्चनपुरको पुनर्वास नगरपालिका–८ र

नागरिकसँग गरेका वाचा पूरा गर्छौं : लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नागरिकसँग

लेबनान ‘मानवीय विपत्ति’ को जोखिममा : युएनएचसिआर

जेनेभा – मध्यपूर्व युद्धको झन्डै एक महिनापछि लेबनानले गहिरिँदै गएको