१० मिनेट चार्ज गर्दा ३०० किलोमिटर आरामसँग यात्रा ! « Khabarhub

१० मिनेट चार्ज गर्दा ३०० किलोमिटर आरामसँग यात्रा !


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सामान्यतया इलेक्ट्रिक कारलाई चार्ज गर्न ८ देखि १० घण्टा लाग्छ । तर अब यति लामो समय चार्जकै लागि कुर्नु नपर्ने भएको छ । जम्मा १० मिनेटमै ब्याट्री फूल चार्ज हुने गरी एक कम्पनीले ब्याट्री उत्पादन गरिरहेको छ ।

अमेरिकी पेन स्टेट यूनिर्भसिटीका युवा इन्जिनियरहरुले इलेक्ट्रिक कारको चार्जिङ समय अत्यन्त न्यून गर्न सकिने व्याट्रीको परीक्षण गरिरहेको छ ।  त्यसको लागि लिथियम आयोन व्याट्रीमा विषेश परिमार्जन भइरहेको बताइएको छ ।

उनीहरुका अनुसार १० मिनेट कार चार्जगर्दा करिब ३०० किलोमिटर आरामसँग यात्रा गर्न सकिने छ। इन्जिनियरहरुका अनुसार १० मिनेटमा ब्याट्री चार्जगर्दा कारमा रहेको व्याट्री ६० डिग्री (१४० फरेनहाईट) सम्म तातो हुनेछ । यसमा सवारीसाधन निर्माता कम्पनीले जति छिटो व्याट्री तातो हुन्छ सोही रफ्तारमा चार्जिङ पुराभएपछि व्याट्री चिसो बनाउने प्रविधिको विकास गर्नु पर्ने हुन्छ ।

पेन स्टेटका प्रोफेसर चाओ यांग वांग भन्छन् ‘हामीले प्रदर्शन गरेको व्याट्री र चार्जिङबाट इलेक्ट्रीक सवारीसाधन चार्जगर्दा १० मिनेट मात्र लाग्ने छ भने त्यसले व्याट्रीको चार्जिङ साइकलसमेत बढाउने छ । यी चार्जरले चार्जगर्दा २५०० चार्जिङ साइकल प्राप्त हुन्छ । यसले कमसेकम ५ लाख किलोमिटर यात्रा गर्न सकिने छ ।’

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ७ : ५८ बजे

अकल्पनीय परिवर्तनको साक्षी २०८२ : युवाको अग्निपरीक्षा

काठमाडौँ । वर्ष २०८२ ले तीनवटा सरकार झेलेको छ ।

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

काठमाडौं– प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन्

मन्त्रीहरूको सम्पत्तिबारे पूर्वअर्थमन्त्री खनाल भन्छन् : विश्वास गर्न सकिने देखिएन

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारद्वारा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको

नेटोसँग ट्रम्प असन्तुष्टि

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका क्रममा उत्तर

कांग्रेसमा इतर पक्षसँग किचलो बढ्दै जाँदा क्रियाशील सदस्यता खारेज नगरिएको संस्थापनको जवाफ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले पार्टीको