महराको थुनछेक बहस आज, यस्तो हुन्छ प्रक्रिया « Khabarhub

महराको थुनछेक बहस आज, यस्तो हुन्छ प्रक्रिया


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिलामाथि जबरजस्ती करणी उद्योग (प्रयास) गरेको अभियोग लागेका पूर्व सभामुख कृष्ण बहादुर महराको आज थुनछेक बहस हुँदैछ ।

शुक्रवार अदालती बयान सकिएपनि समय अभावका कारण थुनछेक बहस शुरु हुन सकेको थिएन ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले महराविरुद्ध बिहीबार अभियोग पत्र दायर गरेकोमा शुक्रबार बिहानदेखि महराको अदालती बयान शुरु गरिएको थियो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलाशमा महराको बयान लिइए थियो । पाँच घन्टा भन्दा धेरै समय महरा लगायतको वयान भएको थिइ ।

महराले अदालतमा इन्कारी बयान दिएका थिए ।

प्रहरीको झण्डै १ महिने अनुसन्धानपछि काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले बिहीबार महराविरुद्ध जबरजस्ती करणी उद्योगको अभियोगमा मुद्दा दायर गरेको थियो । महरामाथि संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारीले बलात्कार प्रयासको आरोप लगाएकी थिइन् ।

सरकारी वकिलले महराविरुद्ध जबरजस्ती करणी उद्योगमा अधिकत्तम ५ वर्ष र पदीय ओहोदाको दुरुपयोग गरी कसुर गरेको अभियोगमा थप २ वर्ष ६ महिना गरी ७ वर्ष ६ महिना कैद सजायको मागदाबी गरेको छ ।

शुक्रबार बयान लिने काम सकिएपनि थुनछेक बहसका लागि महरालाई आइतबार बिहान १० बजे उपस्थित गराउन भनिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी ज्ञान बहादुर कार्कीले खबरहबलाई जानकारी दिए ।

अब के हुन्छ ?

थुनछेकमा वादी र प्रतिवादीका तर्फबाट कानून व्यवसायीले बहस गर्नेछन् । बहस सकिएपछि अदालतले महरालाई थुनामा राख्ने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छोड्ने बारेको आदेश गर्ने छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ८ : ४४ बजे

समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : मन्त्री घिसिङ

चितवन– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र

काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

म्याग्दी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली