नेपाल–युएई संयुक्त कार्यसमूह बैठकको आजदेखि, श्रम सम्बन्धि समस्या समाधानको प्रयास | Khabarhub Khabarhub

नेपाल–युएई संयुक्त कार्यसमूह बैठकको आजदेखि, श्रम सम्बन्धि समस्या समाधानको प्रयास


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच भएको श्रम समझदारी (एमओयू) को कार्यान्वयनमा सहजीकरण गर्न दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्य समूह (जेडब्लुसी) को पहिलो बैठक आइतबार(आज) देखि काठमाडौँमा शुरु हुँदैछ ।

दुई देशबीच भएको समझदारीको प्रभावकारी कार्यान्वयन, कामदारको भर्ना, रोजगारी र फिर्तासम्बन्धी विषयमा लाग्ने आइटमगत लागत निर्धारण गर्नेलगायतका प्राविधिक विषयलाई दुई दिनसम्म चल्ने बैठकले टुङ्ग्याउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

संयुक्त कार्य समूहको बैठकले श्रम समझदारीलाई कार्यान्वयन गर्न आवश्यक प्राविधिक विषयलाई अन्तिम रुप दिने मन्त्रालयका उपसचिव दीपक ढकालले जानकारी दिए ।

उनका अनुसार बैठकले एमओयू कार्यान्वयनको ‘मोडालिटी’ टुङ्गो लगाउनेछ । बैठकमा छ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व श्रम मन्त्रालयका सहसचिव डा रामप्रसाद घिमिरेले गर्नेछन् ।

यस्तै युएईका तर्फबाट त्यहाँका मानव संशाधन मन्त्रालयको अन्तर्राष्ट्रिय सम्बन्ध महाशाखाका निर्देशक अब्दुल्लाह अल नुवाइमीले नेतृत्व गर्नेछन् ।

बैठकमा सहभागी हुन युएईको प्रतिनिधिमण्डल शनिवार काठमाडौँ आएको हो । बैठकले प्राविधिक विषय टुङ्गो लगाएपछि नयाँ श्रम समझदारीका प्रावधानअनुसार नेपाली श्रमिकले सेवा सुविधा प्राप्त गर्नेछन् ।

आबुधावी डायलगको पाँचौँ मन्त्रिस्तरीय बैठकमा सहभागी हुन गत असोज अन्तिम साता युएई पुगेका श्रममन्त्री गोकर्ण विष्ट र युएईका मानव संशाधनमन्त्री नासेर विन थानी अल हम्लीबीच दुबईमा भएको छलफलमा समझदारीपत्रमा उल्लेख भएअनुसार नोभेम्बर पहिलो साता उक्त बैठक बस्ने सहमति भएको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ९ : १५ बजे

सुरु भयो सुकिला नोट वितरण (तस्बिरहरू)

काठमाडौं– नेपाल राष्ट्र बैंकले सुकिला नोट बाँड्न थालेको छ । 

परिसरमा टेन्ट टाँगेर सर्वोच्च अदालतले थाल्यो सेवा (तस्बिरहरू)

काठमाडौं– सर्वोच्च अदालतले आइतबारबाट आफ्नो सेवा पुनः सुरु गरेको छ

‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ दशैँमै प्रदर्शनमा ल्याइने

काठमाडौं – फिल्महरु ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ पूर्वनिर्धारित मिति

सोमबारदेखि फिल्म हल खुलाउने तयारी

काठमाडौं – जेन–जी आन्दोलनका कारण मंगलबारदेखि बन्द भएका फिल्महरु पुनः

स्वास्थ्य मन्त्रालयले एनएचआरसीको नयाँ भवनबाट सेवा दिने

काठमाडौं– रामशाहपथस्थित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जेनजी प्रदर्शनका क्रममा भएको आगलागीले