अमेरिकी राजदूत कोषद्वारा कृष्ण मन्दिर संरक्षणका लागि १ लाख ५० हजार अमेरिकी डलर सहयोग | Khabarhub Khabarhub

अमेरिकी राजदूत कोषद्वारा कृष्ण मन्दिर संरक्षणका लागि १ लाख ५० हजार अमेरिकी डलर सहयोग


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाटनको कृष्ण मन्दिरको सांस्कृतिक संरक्षण गर्न अमेरिकी राजदूत कोषले सहयोग गरेको छ ।

२०७२ साल वैशाख १२ को भूकम्मपका कारण गम्भीर रूपमा क्षतिग्रस्त भएको पाटनस्थित अष्‍टकोणीय कृष्ण मन्दिरको संरक्षणका राजदूत कोषमार्फत अमेरिकी राजदूतावासले १ लाख ५० हजार अमेरिकी डलर सहयोग गरेको हो ।

काठमाडौँ उपत्यका संरक्षण कोषलाई एक लाख ५० हजार अमेरिकी डलर सहयोगको औपचारिक शुरुवात गर्न पाउँदा गौरवान्वित भएको अमेरिकी दूतावासले सामाजिक सञ्जालमा उल्लेख गरेको छ ।

शुक्रवार पाटनमा आयोजित एक समारोहकाबीच नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी डब्ल्यु बेरी, अन्तर्राष्‍ट्रिय धार्मिक स्वतन्त्रताका लागि राजदूत स्याम ब्राउनब्याक, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमले पुनर्स्थापना र संरक्षण कार्य सुरुवात गरेको राजदूतावासले जनाएको छ ।

सामाजिक सञ्जालमा जारी गरेको एक भिडियोमा राजदूत बेरीले सम्पदा संरक्षण एकदमै महत्वपूर्ण रहेको बताएका छन् ।
‘सम्पदा संरक्षण एकदमै महत्वपूर्ण छ’ राजदूतले भने,‘नेपाली जनाताको लागि आफ्नो इतिहास र संस्कृती कति प्यारो छ भन्ने आफूले राम्रोसँग बुझेको छु ।’

विगत दुई दशकमा दूतावासले २४ वटा सम्पदाको पुनर्निमाण र संरक्षका लागि साढे तीस लाख अमेरिकी डलर सहयोग गरेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ११ : २४ बजे

माधव नेपाल भन्छन् : वैज्ञानिक समाजवादलाई जनताको जीवन पद्धतिमा उतार्नुपर्छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

किशोरीमाथि करणी प्रयासको अभियोगमा दुई पक्राउ

झापा – यहाँस्थित कचनकवल गाउँपालिका–७ मा १७ वर्षीया किशोरीलाई ललाइफकाइ

माइती र चेलीलाई ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरिओस् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तीजको अवसरमा दर खाने

अनमोल, आँचल र जसीता स्टारर ‘जेरी अन टप’टिजर रिलिज

काठमाडौं – असोज ३१ गतेबाट प्रदर्शनमा आउने वर्ष २०८२ को

स्थानीय तह स्वमूल्यांकन : काभ्रेमा नमोबुद्ध उत्कृष्ट

काभ्रे – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन (लिजा) मा जिल्लाका