५ गुणाले बढे मोबाइल बैंकिङ प्रयोगकर्ता, ३ वर्षमा साढे ८३ लाख | Khabarhub Khabarhub

५ गुणाले बढे मोबाइल बैंकिङ प्रयोगकर्ता, ३ वर्षमा साढे ८३ लाख


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहरमा मात्रै नभइ गाउँ-गाउँसम्म बैकिङ सेवा विस्तारले यसको प्राविधक क्षेत्र पनि सशक्त बन्दै गएको छ । जसका कारण पछिल्लो समय नेपालमा मोबाइल बैंकिङ प्रयोकर्ताको संख्या तीव्र रुपमा बढ्न थालेको छ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो ३ वर्षको तथ्यांकलाई हेर्ने हो भने नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको देखिन्छ ।

‘नेपालमा वित्तीय पहुँचको स्थिति’ नामक अध्ययनको अनुसार नेपालमा २०७६ असार मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ८३ लाख ४७ हजार १ सय ८७ पुगेको छ, जुन ३ वर्षअघि १७ लाख ५४ हजार ५ सय ६६ मात्रै रहेको थियो ।

नेपाल राष्ट्र बैंकले बैंकमा खाता खोल्ने ग्राहकलाई अनिवार्य मोबाइल बैंकिङ सेवा दिनुपर्ने व्यवस्था लागु गरेकोले मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या बढेको बैंकरहरुको ठम्याई छ । त्यस्तै, स्मार्टफोनको बढ्दो प्रयोग, सूचना प्रविधिमा आधारित बैंकिङ सेवाको विस्तारले मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङको प्रयोग नेपालमा बढ्दै गएको बैंकरहरु बताउँछन् ।

‘अहिले बैंकमा खाता खोलेपछि ग्राहकलाई अनिवार्य रुपमा मोबाइल बैंकिङ सेवा दिनुपर्छ,’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल भन्छन् । अध्ययनका अनुसार, २०७६ असारसम्ममा नेपालमा इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या पनि ९ लाख १७ लाख ३४४ पुगेको छ । पछिल्लो ३ वर्षको अवधिमा मुलुकमा इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्यामा ८२ दशमलव २७ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको अध्ययनले देखाएको हो ।

सानिमा बैंकका सीईओ दाहालका अनुसार, इन्टरनेट बैंकिङको तुलनामा मोबाइल बैंकिङका प्रयोगकर्ता ह्वात्तै बढनुमा यसमा भएको विभिन्न सुविधा प्रमुख कारण हो । मोबाइल बैंकिङ अन्तर्गत खातामा पैसा जम्मा भएको र झिकिएको जानकारी थाहा पाउन सकिनुका साथै, अर्को खातामा पैसा पठाउन, मोबाइलमा रिचार्ज गर्न, बिजुली, इन्टरनेटको बिल तिर्ने लगायतका सुविधा उपलब्ध हुन्छन् ।

राष्ट्र बैंकको अध्ययनले बचत खाताको आधारमा गत जेठसम्ममा ६० दशमलव ९ प्रतिशत नेपालीमा वित्तीय पहुँच पुगेको देखाएको छ । सो अवधिसम्म वाणिज्य तथा विकास बैंक र वित्तीय कम्पनीहरुमा कुल २ करोड ७८ लाख ६७ हजार निक्षेप खाता छ । त्यसमा ‘डुब्लिकेशन’ हटाउँदा खुद १ करोड ८० लाख नागरिकको व्यक्तिगत बचत खाता भएको प्रतिवेदनमा उल्लेख छ । लघुवित्त वित्तीय संस्था र बचत तथा ऋण सहकारी संस्थाको सेवालाई पनि समावेश गर्दा यस्तो पहुँच अझै बढ्ने राष्ट्र बैंकको दाबी छ ।

गत वैशाखदेखि ‘एक घर एक बैंक’ खाता, साथै गतवर्षदेखि नै सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार गर्नुपर्ने अभियान सञ्चालन गरिएको छ । यस्ता अभियानको प्रभावले वित्तीय पहुँच विस्तारमा सकारात्मक प्रभाव परेको नेपाल राष्ट्र बैंकको भनाइ छ ।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बैंकिङ पहुँच विस्तार उत्साहजनक देखिएको टिप्पणी गरेका छन् । साथै, यस प्रतिवेदनले समग्र बैंकिङ क्षेत्रमा सकरात्मक प्रभाव पार्ने उनको भनाइ छ ।

स्थानीय तहमा बैंकहरुको उत्साहजनक उपस्थिति

स्थानीय तहमा वाणिज्य बैंकहरुको उत्साहजनक सहभागिता देखिएको छ । भौगोलिक विकटता, यातायात, विद्युतजस्ता पूर्वाधारको अभाव भएको नेपालजस्तो मुलुकमा सबै स्थानीय तहमा बैंकको शाखा विस्तार गर्न चुनौती थियो । तर, आर्थिक वर्ष २०७६/७७ को भदौं महिनासम्मा ७५३ स्थानीय तहमध्ये ७३९ स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार भएको देखिएका छन् ।

यसअनुसार, अब १४ ओटा स्थानीय तहमा मात्र बैंकको शाखा स्थापना हुन बाँकी छ । २०७५ असारसम्ममा ६३१ र २०७४ असारसम्ममा २९६ स्थानीय तहमा बैंकका शाखाहरु विस्तार भएका थिए ।

बैंक तथा वित्तीय संस्थाहरुको शाखा विस्तारसँगै बैंकको एक शाखाबाट सेवा प्राप्त गर्न सक्ने औसत जनसंख्याको आकार क्रमशः घट्दै गएको छ । २०७१ असारसम्म एउटा शाखाले ७ हजार ६ सय ६६ जनालाई बैंकिङ सेवा दिनुपर्ने बाध्यता थियो । तर, गत असारसम्ममा आउँदा एउटा शाखाले औसतमा ३ हजार ६सय ६३ जनालाई बैंकिङ सेवा प्रदान गर्नुपर्ने देखिन्छ ।

२०७१ असारसम्म बैंक तथा वित्तीय संस्थाहरुको ३ हजार ४सय ५६ ओटा शाखा थिए, तर गत असारसम्ममा उक्त शाखाहरुको संख्या ८ हजार ८ सय ५ पुगेका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  १२ : ०७ बजे

परराष्ट्रमन्त्री डा. राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता 

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र रोमानियाका विदेशमन्त्री लुमिनिता

एन्फा महिला लिग : नेपाल पुलिस क्लब विजयी

काठमाडौं– राजधानीमा जारी एन्फा महिला लिगमा संकटा फुटबल क्लब र

मोरङका अस्पतालमा बिरामी बढेपछि रगतको अभाव

बेलबारी – मोरङका अस्पतालमा बिरामीको सङ्ख्या बढेसँगै रगतको अभाव हुन

जापानमा बाढीपहिरोका कारण एक जनाको मृत्यु, सात बेपत्ता

टोकियो – जापानको भूकम्प प्रभावित क्षेत्र इशिकावामा भारी  वर्षाका कारण

वर्तमान सरकार मुलुकको अर्थतन्त्र विकासमा केन्द्रित छ : सञ्चारमन्त्री गुरुङ

लमजुङ– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं सञ्चार तथा