नेकपाको सचिवालय बैठक शुरु, उपनिर्वाचनका उम्मेदवार टुंग्याइने « Khabarhub

नेकपाको सचिवालय बैठक शुरु, उपनिर्वाचनका उम्मेदवार टुंग्याइने


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा शुरु भएको छ ।

बैठकले मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाउने छ । नेकपाका महासचिव विष्णु पौडेलका अनुसार आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तोक्ने विषयमा छलफल केन्द्रित हुनेछ ।

उपनिर्वाचनअन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने समय नजिकिँदै गर्दा नेकपाले उम्मेदवार तोक्न लागेको हो ।

उपनिर्वाचन हुने जिल्ला तथा क्षेत्रबाट पार्टीका कमिटीले संभावित उम्मेदवारको सूची पठाइसके पनि केन्द्रबाट भने निर्णय हुन सकेको छैन ।

बैठकले उपनिर्वाचन हुने ठाउँका प्रतिनिधिसभा, प्रदेशसभा, स्थानीय तहका प्रमुख–उपप्रमुख तथा वडाध्यक्षका लागि उम्मेदवार तोक्ने महासचिव पौडेले बताए ।

३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि मङ्सिर १४ गते उपनिर्वाचन हुनेछ ।

निर्वाचन आयोगले उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्ने अन्तिम म्याद २१ कात्तिक बिहान १० बजेदेखि दिउँसो १ बजेलाई तोकेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ६ : १० बजे

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौँ– लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति

५० वर्षपछि पुनः चन्द्रमातर्फ मानव पाइला : आर्टेमिस-२ को सफल प्रक्षेपण

काठमाडौँ – ५० वर्षभन्दा बढी समयपछि चन्द्रमाको परिक्रमा गर्ने पहिलो

‘बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण’

लुम्बिनी– सरोकारवालाहरुले बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण रहेको

आज चैत्र शुक्ल पूर्णिमा, हनुमान जन्मजयन्ती मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल