नेकपाले छान्यो उपनिर्वाचनका उम्मेदवार, कास्की–२ मा विद्या भट्टराई « Khabarhub

नेकपाले छान्यो उपनिर्वाचनका उम्मेदवार, कास्की–२ मा विद्या भट्टराई


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उम्मेदवारहरुको टुंगो लगाएको छ ।

आइतबार साँझ बसेको सचिवालय बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका उम्मेदवारको टुंगो लगाएको हो ।

आगामी उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर–२ (प्रतिनिधिसभा)मा विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यस्तै, प्रदेशसभा सदस्यका लागि दाङ क्षेत्र नम्बर ३ (ख)मा विमला वली र भक्तपुर क्षेत्रनम्बर १ को (क)मा देवीप्रसाद ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

प्रदेशसभा सदस्यका लागि ३ वटा ठाउँमा निर्वाचन हुने भए पनि नेकपाले बाग्लुङ क्षेत्रनम्बर २ को (ख)मा भने राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।

यस्तै, धरान उपमहानगरपालिकाको प्रमुख (मेयर)का लागि प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि मङ्सिर १४ गते उपनिर्वाचन हुनेछ ।

निर्वाचन आयोगले उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्ने अन्तिम म्याद २१ कात्तिक बिहान १० बजेदेखि दिउँसो १ बजेलाई तोकेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ७ : २२ बजे

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौँ– लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति

५० वर्षपछि पुनः चन्द्रमातर्फ मानव पाइला : आर्टेमिस-२ को सफल प्रक्षेपण

काठमाडौँ – ५० वर्षभन्दा बढी समयपछि चन्द्रमाको परिक्रमा गर्ने पहिलो

‘बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण’

लुम्बिनी– सरोकारवालाहरुले बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण रहेको

आज चैत्र शुक्ल पूर्णिमा, हनुमान जन्मजयन्ती मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल