धरानका लागि नेकपाले छान्यो प्रकाश राईलाई उम्मेदवार « Khabarhub

धरानका लागि नेकपाले छान्यो प्रकाश राईलाई उम्मेदवार


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले धरान महानगरपालिका मेयरमा प्रकाश राई उम्मेदवार बनाउने भएको छ ।

नेकपा सचिवालयको आइतबार बसेको बैठकले धरानको मेयरमा राईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यसअघि नेकपाको प्रदेश कमिटीबाट उनीसहित फोक्वाहाङ सुब्बा (चोत्लुङ), वेणु काफ्ले र विजय राई सिफारिस भएका थिए ।

सुनसरी जिल्ला कमिटी सचिवालय सदस्य रहेको राई नेकपाको पुराना र क्रियाशील नेता हुन् । २०३५ सालको चरम निरंकुश पञ्चायती समयमा १८ वर्षको उमेरमा कोअर्डिनेशन केन्द्र मार्फत कम्युनिस्ट पार्टीमा सङ्गठित भएका उनी निरन्तर क्रियाशील छन् ।

उनी २०४६ सालमा नेकपा माले सुनसरी १ नम्बर क्षेत्रीय कमिटी सदस्य माले र मार्क्सवादी बिच एकीकरणपछि नेकपा एमालेको २०४७ सालमा पार्टी सङ्गठित सदस्यता प्राप्त गरी सोही सालदेखि धरान नगर कमिटीको दुई कार्यकाल सदस्य भए ।

यसै गरी २०५६ सालदेखि नेकपा एमाले सुनसरी जिल्ला कमिटी सदस्यमा निरन्तर १ नम्बर निर्वाचन क्षेत्रको इन्चार्जको भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ८ : १२ बजे

भारतमा कार दुर्घटना हुँदा ९ जनाको मृत्यु

नयाँदिल्ली– पश्चिमी भारतको महाराष्ट्र राज्यमा एक कार सडकबाट नियन्त्रण बाहिर

तीन तला माथिबाट खस्दा पाँच वर्षीया बालिकाको मृत्यु

बिर्तामोड– झापामा घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु

अष्ट्रेलियाकी विदेशमन्त्रीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई

 काठमाडौं– अष्ट्रेलियाले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई पदभार सम्हालेकोमा बधाई दिएको

रवि–ज्ञानेन्द्रबीच भेट, उपसभामुखमा सहकार्यको संकेत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) का सभापति रवि लामिछाने र

लेबनान द्वन्द्वको असर, संयुक्त राष्ट्र क्षेत्रका कर्मचारी जोखिममा

एजेन्सी– लेबनानको दक्षिणी क्षेत्रमा शुक्रबार भएको विस्फोटमा इन्डोनेसियाका तीन कर्मचारी