प्रदेश प्रमुख हटाएर सरकारले स्वेच्छाचारी चरित्र देखायो– नेता कोइराला | Khabarhub Khabarhub

प्रदेश प्रमुख हटाएर सरकारले स्वेच्छाचारी चरित्र देखायो– नेता कोइराला


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा केन्द्रीय सदस्य डा. शेखर कोइरालाले उप–निर्वाचनको आचारसंहिता लागिसकेको अवस्थामा सरकारले प्रदेश प्रमुखहरुलाई विनाकारण हटाएर आफ्नो स्वेच्छाचारी चरित्र देखाएको आरोप लगाएका छन् ।

प्रदेश प्रमुख हटाउन पाउने संवैधानिक अधिकार सरकारलाई भएपनि उपनिर्वाचनको आचारसंहिता लागू भएको अवस्थामा प्रदेश प्रमुखलाई हटाएर स्वेच्छाचारी चरित्र प्रदर्शन गरेको उनले आरोप लगाएका हुन् ।

उनले भनेका छन ‘कि सरकार गठन लगत्तै हटाउनुपर्दथ्यो, तर अहिले आएर गरिएको यो निर्णयले हामीलाई गम्भिर बनाएको छ।’

नेता कोइरालाले सरकारको यो निर्णयले सहकार्यको राजननीतिको ढोका बन्द गर्ने काम गरेको बताएका छन् । संघीयतालाई असफल बनाएर मुलुकलाई फेरि द्वन्द्वमा लैजाने खेल सरकारबाटै भैरहेको तर्क गरेका छन् ।

उनले भने, ‘सरकारको यो निर्णयले ‘चेक एण्ड ब्यालेन्स’को सिद्धान्तलाई समेत कुल्चने प्रयास गरेको छ। राज्यका सबै अंगलाई आफ्नो नियन्त्रणमा राख्दै सरकार अधिनायकवादतर्फ अगाडि बढिरहेको छ।’

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ९ : २७ बजे

३४६ वर्ष पुरानो थन्थु दरबारको पुन: शिलान्यास

भक्तपुर भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु

भारतमा आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौं – भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ।

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ।

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक

धरान–  ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि

डाले घाँसको बीउ पाएपछि मटिहानीका किसान दंग 

महोत्तरी– आफ्नै घरआँगनमा डाले घाँसको बीउ पाएपछि मटिहानीका पशुपालक किसान