प्रदेश प्रमुख हटाएर सरकारले स्वेच्छाचारी चरित्र देखायो– नेता कोइराला « Khabarhub

प्रदेश प्रमुख हटाएर सरकारले स्वेच्छाचारी चरित्र देखायो– नेता कोइराला


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा केन्द्रीय सदस्य डा. शेखर कोइरालाले उप–निर्वाचनको आचारसंहिता लागिसकेको अवस्थामा सरकारले प्रदेश प्रमुखहरुलाई विनाकारण हटाएर आफ्नो स्वेच्छाचारी चरित्र देखाएको आरोप लगाएका छन् ।

प्रदेश प्रमुख हटाउन पाउने संवैधानिक अधिकार सरकारलाई भएपनि उपनिर्वाचनको आचारसंहिता लागू भएको अवस्थामा प्रदेश प्रमुखलाई हटाएर स्वेच्छाचारी चरित्र प्रदर्शन गरेको उनले आरोप लगाएका हुन् ।

उनले भनेका छन ‘कि सरकार गठन लगत्तै हटाउनुपर्दथ्यो, तर अहिले आएर गरिएको यो निर्णयले हामीलाई गम्भिर बनाएको छ।’

नेता कोइरालाले सरकारको यो निर्णयले सहकार्यको राजननीतिको ढोका बन्द गर्ने काम गरेको बताएका छन् । संघीयतालाई असफल बनाएर मुलुकलाई फेरि द्वन्द्वमा लैजाने खेल सरकारबाटै भैरहेको तर्क गरेका छन् ।

उनले भने, ‘सरकारको यो निर्णयले ‘चेक एण्ड ब्यालेन्स’को सिद्धान्तलाई समेत कुल्चने प्रयास गरेको छ। राज्यका सबै अंगलाई आफ्नो नियन्त्रणमा राख्दै सरकार अधिनायकवादतर्फ अगाडि बढिरहेको छ।’

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ९ : २७ बजे

कास्की र पर्सापछि रुपन्देहीबाट पनि रविलाई ठूलो राहत, दुई गम्भीर अभियोगका मुद्दा फिर्ता

काठमाडौं– कास्की र पर्सापछि रुपन्देहीमा पनि सहकारी ठगीसहितको मुद्दा खेपिरहेका

नौ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल पूरा

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न नौ वटा मन्त्रालयको

चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल

एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति