अस्ताए वाम अगुवा अधिकारी, कांग्रेस किचलोमा रूमल्लिंदै « Khabarhub

अस्ताए वाम अगुवा अधिकारी, कांग्रेस किचलोमा रूमल्लिंदै


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अस्ताए वाम प्रजातान्त्रिक आन्दोलनका अगुवा अधिकारी शीर्षकमा आजको राजधानी दैनिकले मुख्य समाचार छापेको छ । ८२ वर्षीय नेता अधिकारीको ह्याम्स अस्पतालमा उपचारका क्रममा शनिबार राति ९ः३५ बजे निधन भएको हो ।

अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि आइतबार विहान ९ बजेदेखि १२ बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा राखिने छ ।

त्यस्तै पत्रिकाले गण्डकी मेडिकल कलेजको मनपरी, अनियमित रुपमा १ अर्ब बढी असुली शीर्षकमा अर्को समाचार छापेको छ । त्रिभुवन विश्वविद्यालयले सम्बन्धन दिएको पोखरास्थित गण्डकी मेडिकल कलेजले विद्यार्थीसँग अनियमित रुपमा १ अर्ब ११ करोड रुपैयाँ बढी शुल्क असुलेको उल्लेख गरेको छ ।

त्यसैगरी, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संरचनाअनुसारको आफ्नो विधानलाई बहुमतबाट पारित गरे पनि पार्टीलाई गति दिने सवालमा किचलो देखिएको समाचारलाई ‘किचलोमा रुमल्लिँदै कांग्रेस, केन्द्रीय समिति अनिश्चित’ शीर्षकमा अर्को समाचार छापेको छ ।

त्यस्तै पत्रिकाले भित्री पृष्ठका तीन वटा समाचारलाई पनि पहिलो पृष्ठमा हाइलाइटका रुपमा राख्दै लेखेको छ ‘तोकिएभन्दा बढी मूल्यमा गुणस्तरहीन खाजा’ शीर्षकमा सिंहदरबास्थित केन्द्रीय चमेनागृहको समाचार छ । जहाँ निर्धारित मूल्यभन्दा बढीमा गुणस्तरहीन खाजा बिक्री गरिरहेको उल्लेख गरेको छ ।

अर्को सहरी विकाससम्बन्धी ममहत्वपूर्ण जिम्मेवारी बोकेको सहरी विकास मन्त्रालयमा बेथिति, अनियमितता र ढिलासुस्तीको चाङको समाचार छापेको छ भने अधिकार केन्द्रमै राख्न खोजिए न्यायालय जान बाध्य हुन्छौं शीर्षकमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भनाइलाई उल्लेख गरेको छ– ‘संविधानले नै हामीलाई अधिकार दिएको छ, कुन कानून बनाउने वा कून नबनाउने भन्ने ।’

त्यसैगरी पत्रिकाले सार्वजनिक जग्गाको अतिक्रमण हटाऊ शीर्षकमा सम्पादकीय लेखेको छ । देशभर सार्वजनिक जग्गा अतिक्रमण गर्ने क्रम बढ्दो छ । सार्वजनिक जग्गा अतिक्रमण गर्नेमा उच्च राजनीतिक नेतृत्वदेखि सरकारका उच्चपदस्त अधिकारीसम्म संलग्न रहेको पाइएको पत्रिकाले समाचारमा उल्लेख गरेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ६ : ०२ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

नर्वेसँगको हारसँगै भावुक बनेका नेयमारले गरे संन्यासको घोषणा

न्युयोर्क – ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

गोल्डेन बुटको रोमाञ्चक भिडन्त : प्रतिस्पर्धामा ७ गोलसहित मेसी, हालान्ड र एम्बाप्पे

काठमाडौँ – जारी फिफा विश्वकप २०२६ मा सर्वाधिक गोलकर्तालाई प्रदान

स्पेनसँगको भिडन्तअघि रोनाल्डोले भने – ‘यो मेरो अन्तिम विश्वकप हो’

टेक्सस – पोर्चुगलका भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले जारी विश्वकप आफ्नो

अधुरै बन्यो २४ वर्षदेखिको विश्वकप उपाधिको खडेरी तोड्ने ब्राजिलको सपना

काठमाडौँ – २४ वर्षदेखिको विश्वकप उपाधि खडेरी तोड्ने लक्ष्यका साथ