नियमविपरीत ठेक्का दिने तयारीमा सरकार « Khabarhub

नियमविपरीत ठेक्का दिने तयारीमा सरकार


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज १९ फागुन आइतबार प्रकाशित नागरिक दैनिकले पूर्वअर्थमन्त्री भरत मोहन अधिकारीको निधनको समाचार अलिबिदा अधिकारी शीर्षकमा प्रकाशन गरेको छ भने नियमविपरीत ठेक्क दिने तयारी शीर्षकको समाचार पहिलो पृष्ठमा प्रकाशन गरेको छ । त्यस्तै विपतमाथि ऋणको भारी शीर्षकको समाचार प्रकाशन भएको छ ।

नियमविपरीत ठेक्का दिने तयारी शीर्षका नागरिक दैनिकले लेखेको छ,

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बनाउन लागेको ‘वार रुम’ मा राख्ने ‘भिडियो कन्फरेन्सिङ सिस्टम’ खरिदका लागि नियमविपरीत ठेक्का दिने तयारी गरेको छ।

खरिदका लागि प्रस्ताव पेस गर्ने कम्पनीले राखेका कागजातमाथि छानबिन तथा मूल्यांकन नगरी शास्त्र नेटवर्क सोलुसन इन्क प्रालिलाई ठेक्का दिने तयारी भएको छ। प्रधानमन्त्रीका आइटी विज्ञ अस्गर अली र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कम्प्युटर इन्जिनियर हरिप्रसाद पोख्रेलको मिलेमतोमा शास्त्रलाई सिस्टम खरिदको जिम्मा दिने तयारी गरिएको स्रोतले बतायो। इन्जिनियर पोख्रेल सरकारी सेवामा प्रवेश गर्नुअघि शास्त्रकै मुख्य कम्पनी ओम्नी ग्रुपमा कार्यरत थिए। शास्त्रलाई ४ करोड ४८ लाख रुपैयाँमा ठेक्का दिएको इन्जिनियर पोख्रेलले बताए। उनले सबै विषयको मूल्यांकन गरेर साध्य नहुने तर्क गरे। उक्त कम्पनीले ३ करोड ९८ लाखमा खरिद गर्नेगरी प्रस्ताव हालेको थियो।

सार्वजनिक खरिद नियमावली २०६४ को नियम २५ ९३० मा आपूर्ति गरिने मालसामान बोलपत्रदाता वा पूर्व योग्यताको प्रस्तावदाता आफैंले नबनाउने वा उत्पादन नगर्ने भएमा त्यस्तो मालसामानको उत्पादकले बोलपत्र वा पूर्व योग्यताका लागि प्रस्ताव पेस गर्ने, मालसामान आपूर्ति गर्ने र जडान गर्नेसम्बन्धी अधिकार आफूलाई एकलौटी रुपमा रीतपूर्वक प्रदान गरेको कुरा प्रमाणित गर्ने कागजात बोलपत्रदाता वा पूर्व योग्यताको प्रस्तावदाताले पेस गर्नुपर्नेछ भनिएको छ। यो व्यवस्थाविपरीत सिस्कोको सामान आपूर्ति गर्न शास्त्र र दृष्टि टेकले म्यानुफ्याक्चर अथोराइजेसन लेटर ९म्याफ० पेस गरेको पाइएको हो। नियमविपरीत पेस भएको प्रस्तावउपर कुनै छानबिन र कारबाही नगरी ठेक्का प्रक्रिया अघि बढाइएको प्रधानमन्त्री कार्यालय उच्च स्रोतले जानकारी दियो।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ७ : १० बजे

विश्वकप २०२६ मा आक्रमणकारी फुटबलको दबदबा, गोल औसत ६८ वर्षयताकै उच्च

काठमाडौं – फिफा विश्वकप २०२६ को विभिन्न समुह अन्तर्गत पहिलो

सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैन : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राज्य सञ्चालन गर्नका लागि

मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण

कालीकोट – जिल्लाको नरहरिनाथ गाउँपालिकाले मौरीपालक किसानलाई आधुनिक प्रविधिका सामग्री

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं – प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ ।

अमेरिका–इरान सम्झौता कार्यान्वयनका लागि छलफल गर्न शुक्रबार स्वीट्जरल्याण्डमा वार्ता हुने

जेनेभा – मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिका–इरान समझदारी कार्यान्वयन गर्न