दुबई– रोजर फेडेररले एसोसिएसन अफ टेनिस प्रोभेस्नल्स (एटीपी) मा व्यक्तिगत १०० औं उपाधी उचालेका छन् । उनले शनिबार राति सम्पन्न दुबई टेनिस च्याम्पियनसिपमा आठौं उपाधी उचाल्नेक्रममा व्यक्तिगत सय उपाधी पूरा गरेका हुन् ।
दुबई च्याम्पियनसिपको फाइनलमा ग्रीसका स्टाफानोस टिजीटिजीपासलाई ६—४ र ६—४ को सेटमा पराजित गर्दै उपाधी उचालेका हुन् । ३७ वर्षे स्वीस नागरीक फेडेरर २० पटकको ग्रान्ड स्लाम विजेता हुन् । उनी एटीपीको व्यक्तिगत पहिलो उपाधी उचालेको ६ हजार ६ सय दिनपछि एटीपीमा सय उपाधिको किर्तीमानी बनाउन सफल भएका छन् ।
मिलान इन्डोर्समा ४ फेब्रुअरी २००१ मा उनले फ्रान्सका जुलिएन बोउटरलाई पराजित गर्दै एटीपीएमा व्यक्तिगत पहिलो उपाधि हात पारेका थिए ।
फेडेरर ९एटीपी० मा व्यक्तिगत १ सय उपाधी उचाल्ने दोस्रो खेलाडी बन्नेछन् । यसअघि एटीपीमा व्यक्तिगत सय उपाधि जित्नेमा अमेरिकाकी जिम्मी कोन्नोर्सको नाम मात्रै छ । उनले अहिलेसम्म व्यक्तिगततर्फ १ सय ९ उपाधी उचालेका छन् ।
प्रतिक्रिया