रोजर फेडेररको किर्तीमानी– एटीपीमा उचाले १०० औं उपाधि | Khabarhub Khabarhub

रोजर फेडेररको किर्तीमानी– एटीपीमा उचाले १०० औं उपाधि


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुबई– रोजर फेडेररले एसोसिएसन अफ टेनिस प्रोभेस्नल्स (एटीपी) मा व्यक्तिगत १०० औं उपाधी उचालेका छन् । उनले शनिबार राति सम्पन्न दुबई टेनिस च्याम्पियनसिपमा आठौं उपाधी उचाल्नेक्रममा व्यक्तिगत सय उपाधी पूरा गरेका हुन् ।

दुबई च्याम्पियनसिपको फाइनलमा ग्रीसका स्टाफानोस टिजीटिजीपासलाई ६—४ र ६—४ को सेटमा पराजित गर्दै उपाधी उचालेका हुन् । ३७ वर्षे स्वीस नागरीक फेडेरर २० पटकको ग्रान्ड स्लाम विजेता हुन् । उनी एटीपीको व्यक्तिगत पहिलो उपाधी उचालेको ६ हजार ६ सय दिनपछि एटीपीमा सय उपाधिको किर्तीमानी बनाउन सफल भएका छन् ।

मिलान इन्डोर्समा ४ फेब्रुअरी २००१ मा उनले फ्रान्सका जुलिएन बोउटरलाई पराजित गर्दै एटीपीएमा व्यक्तिगत पहिलो उपाधि हात पारेका थिए ।

फेडेरर ९एटीपी० मा व्यक्तिगत १ सय उपाधी उचाल्ने दोस्रो खेलाडी बन्नेछन् । यसअघि एटीपीमा व्यक्तिगत सय उपाधि जित्नेमा अमेरिकाकी जिम्मी कोन्नोर्सको नाम मात्रै छ । उनले अहिलेसम्म व्यक्तिगततर्फ १ सय ९ उपाधी उचालेका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ११ : ०० बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य