भरतमोहन अधिकारी– ग्रामीण अर्थतन्त्रलाई जीवन दिने नेता « Khabarhub

भरतमोहन अधिकारी– ग्रामीण अर्थतन्त्रलाई जीवन दिने नेता


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


– हृदयेश त्रिपाठी


भरतमोहन अधिकारी ग्रामीण अर्थतन्त्रलाई महत्व दिने पहिलो नेता हो । ग्रामीण अर्थतन्त्र आक्रान्त रहेका बेला उहाँले त्यसलाई पुनर्जीवन दिने काम गर्नुभयो ।

उहाँले ग्रामीण अर्थतन्त्रको संभावनालाई पहिचान गर्ने काम पनि गर्नुभयो ।

ग्रामीण जनजीवन आक्रान्त छ, ग्रामीण जनजीवनलाई परिवर्तन नगरेसम्म नेपालमा परिवर्तन हुँदैन भन्ने उहाँको मान्यता थियो । त्यो मान्यतालाई स्थापित गर्ने प्रयास पनि गर्नुभयो, आफू अर्थमन्त्री हुँदा । उहाँको त्यो योजनाले अहिले आकार लिइरहेको छ ।

पछिल्लो पटक मैले भेट्दाखेरि पनि उहाँ स्थानीय र प्रदेश सरकारलाई दिइने अधिकारबारे चिन्तित हुनुहुन्थ्यो । तपाईंहरुले आवाज अलिकति दरिलो गर्नुभएन भन्ने उहाँको गुनासो पनि थियो ।

उहाँ निरन्तर सोचमा रहने नेता हुनुहुन्थ्यो । खासगरी ग्रामीण क्षेत्रका जनताको हित, ग्रामीण जनजीवनको उत्थान र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा उहाँ जहिल्यै सक्रिय रहिरनुहुन्थ्यो ।

उहाँमा छलकपट, कुनै पनि कुरामा जालझेल गर्ने बानी थिएन । आफ्ना कुरा स्पष्ट राख्नुहुन्थ्यो ।

उहाँका धेरै योजना अहिले कार्यान्वयनको चरणमा छन् । ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने उहाँको जुन सपना थियो, अबको पुस्ता र अहिलेको सरकारले त्यसालाई पूरा गर्नुपर्छ ।

खबरहबकर्मी सविना कार्कीसँगको कुराकानीमा आधारित

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ११ : ३३ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको