एमबाप्पेले २ गोल गर्दा पेरिस सेन्ट जर्मन विजयी « Khabarhub

एमबाप्पेले २ गोल गर्दा पेरिस सेन्ट जर्मन विजयी


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– किलियन एमबाप्पेले २ गोल गर्दा फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मन (पीएसजी) ले कानमाथि जीत हासिल गरेको छ । शनिबार राति भएको फ्रान्सेली लिग वानको खेलमा पिएसजीले कायनलाई २—१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको पीएसजीविरुद्ध लिग वानको १८ औं स्थानमा रहेको कानका कासिमिर निङ्गाले ५६ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

१ गोलले पछि परेको पीएसजीले खेलको ५९ औं मिनेटमा पेनाल्टी पाएको थियो । पेनाल्टी प्रहार गरेका स्टाइकर एमबाप्पेले पहिलो गोल गर्दै कानविरुद्ध १—१ को बराबरी गरेका थिए ।

त्यस्तै, एमबाप्पेले ८७ औं मिनेटमा गोल गर्दै टिमलाई कानविरुद्ध २—१ को जीत दिलाएका थिए । योसँगै एमबाप्पेको यो सिजनको लिगमा २४ गोल पूरा भएको छ ।

जीतसँगै पीएसजीले लिग वानमा ७१ अंकसहित दोस्रो स्थानमा ५१ अंकसहित रहेको लिल्लेभन्दा २० अंकको स्पष्ट अग्रता बनाएको छ ।

लिग वानमा जीत हासिल गरेको पीएसजी बुधबार च्याम्पियन्स लिगको अन्तिम—१६ अन्तरगर्तको दोस्रो लेग इङ्ग्लीस क्लब म्यानचेस्टर युनाइटेडसँग खेल्दैछ । यसअघि पहिलो लेगमा पीएसजीले युनाइटेडलाई २—० गोल अन्तरले पराजीत गरेको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  १२ : ०९ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग