पूर्वमन्त्री अधिकारीको अन्त्येष्टि, छोरीहरुले दिए दागबत्ती « Khabarhub

पूर्वमन्त्री अधिकारीको अन्त्येष्टि, छोरीहरुले दिए दागबत्ती


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भरतमोहन अधिकारीको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

दिवंगत नेता अधिकारीको चितामा छोरीहरु लुना अधिकारी (बस्नेत), लिमा अधिकारी (आचार्य) र लिजा अधिकारी ले दागबत्ती दिए ।

लामो समयदेखि श्वासप्रश्वास र निमोनियाबाट ग्रसित अधिकारीको उपचारको क्रममा शनिबार राति ह्याम्स अस्पताल काठमाडौंमा निधन भएको थियो ।

दिवंगत नेता अधिकारीको पार्थीव शरीरलाई आइतवार विहान अन्तिम श्रद्धाञ्जलीका लागि धुम्बाराहीस्थित नेकपाको मुख्यालयमा राखिएको थियो ।

अधिकारीको सम्मानमा सशस्त्र प्रहरीको एक टुकडीले आर्यघाटमा सलामी अर्पण गरेको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  २ : २२ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर