‘साइँली’को ट्रेलर: गौरवलाई मेनुकाको पछिपछि लाग्न दयाहाङको साथ « Khabarhub

‘साइँली’को ट्रेलर: गौरवलाई मेनुकाको पछिपछि लाग्न दयाहाङको साथ


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रामबाबु गुरुङको निर्देशन रहेको चलचित्र ‘साइँली’ को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरियो ।

साथै फिल्मलाई ओएसआर डिजिटलको युट्युब च्यानलबाट पनि सार्वजनिक गरियो ।

दयाहाङ राई, गौरव पहारी, मेनुका प्रधान तथा केनिपा सिंहको मुख्य भूमिका रहेको यो फिल्ममा गाउँको एउटा सामान्य कथालाई उठाइएको छ । फिल्ममा मेनुका प्रधान ‘साइँली’ बनेकी छिन् भने गौरव पहारी मेनुकाको पछिपछि लाग्छन् । दुई वर्षअघिको हिट गीत ‘साइँली’ को थेम लिएर बनाइएको फिल्ममा दयाहाङ राई गौरव पहारीको मिल्ने साथीका रुपमा देखिएका छन् ।

यस्तै फिल्ममा माओत्से गुरुङ, प्रकाश घिमिरे, पुष्कर गुरुङ, लोकेन्द्र लेखक, किरण चाम्लिङ राई, सुष्मा निरौला, इष्टु कार्की लगायतका कलाकारको समेत अभिनय छ भने लेखन निर्देशक गुरुङकै छ ।

विशाल गुरुङ, मोहन राना मगरको निर्माण रहेको यो फिल्ममा विजय वाग्ले, विकास पूजास र शुभेच्छा केसीको सह–निर्माण छ ।

फिल्मले चैत्र १५ लाई रिलिज मिति तोकेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ३ : ३५ बजे

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब