काठमाडौं – शिवरात्रीको अवसरमा काठमाडौंको पाशुपत क्षेत्रमा नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका बाबाजीहरुको चर्तिकला शुरु भइसकेको छ । कतिपय बाबाहरु गाँजाको नशामा लट्ठिएका छन् त कोही आगोकाे धुनीमा मन्त्रमुग्ध देखिन्छन् ।
कोही निर्वस्त्र, खरानी धसेका र बहुरुपी बाबाहरुको विचित्र रुपले पशुपति क्षेत्रको माहोल तताएको छ ।
यसपटक सरकारले बाबाहरुलाई समेत गाँजा सेवनमा रोक लगाए पनि लुकीछिपी गाँजा तान्नेहरुको कमी देखिदैन । तर, तुलनात्मक रुपमा यसवर्ष बाबाहरुको सङ्ख्यामा भने केही कमी आएको बताइन्छ । शिवरात्रीको मौका पारेर पशुपति क्षेत्रमा जोगीबाहेक युवा जमातको पनि उत्तिकै भीड हुने गर्छ।
प्रतिक्रिया