पशुपति दर्शन : बिहान ३ बजेदेखि चारै ढोका खुल्ने, कुन रुटमा सवारी अवरोध ? « Khabarhub

पशुपति दर्शन : बिहान ३ बजेदेखि चारै ढोका खुल्ने, कुन रुटमा सवारी अवरोध ?


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले शिवरात्रिका अवसरमा पशुपतिनाथमा दर्शन गर्न आउने श्रद्धालु भक्तजनको सुविधाका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

पशुपतिनाथ मन्दिरको दर्शनमा सहजताका गर्ने उद्देश्यले कोषले एक महिना अघिदेखि नै विभिन्न ८ वटा समिति गठन गरी विभिन्न कार्य गरिरहेको थियो । समितिले आ–आफ्नो क्षेत्रबाट जीम्मेवारपूर्वक काम गरिरहेको पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत रेवती रवेण अधिकारीले बताए । उनले भने, ‘धेरै काम सम्पन्न भइसके, रंगरोगनको काम आइतबार नै पूरा भइसकेको छ ।’

शिवरात्रीका अवसर पारी चारैवटा ढोका बिहान ३ बजेदेख खुल्ला रहनेछन् भने भक्तजनले आफुलाई पायक पर्ने ठाउँबाट प्रवेश गर्न सक्नेछन् । चावहिलबाट मित्रपार्क र गौरीघाट हुँदै प्रवेश गर्ने भक्तजनका लागि उत्तर ढोकाको व्यवस्था गरिएको छ । त्यस्तै जयबागेश्वरीबाट प्रवेश गर्नेहरुका लागि पश्चिम ढोकाको व्यवस्था गरिएको छ ।

साथै एयरपोर्ट–गौशला–पिंगलास्थान हुँदै सुमारी भवन उमाकाण्ड तर्फबाट आउने भक्तजनका लागि दक्षिण ढोकाबाट प्रवेश गर्न पाइने व्यवस्था मिलाइएको छ ।  गतवर्ष झैँ यसवर्षपनि १० लाखको हाराहारीमा भक्तजन आउने र ४ हजारको संख्यामा साधुहरु आएको अनुमान विकास कोषले गरेको छ ।

भारत, इन्डोनोसिया, मलेसिया, ब्रम्हालगायत जहाँ हिन्दू धर्मालम्वीहरु छन् त्यहाँबाट आउने गर्छन् । गत वर्ष मलेसियाबाट बढि भक्तजन आएको बताउँदै यसवर्ष पनि ठूलो संख्यामा आउने अनुमान गरिएको अधिकारीले बताए ।

सेवाप्रदायक संस्थाहरु (फलफुल, पानी लगायत विभिन्न खानेकुरा) का लागि भने पार्किङका लागि विशेष स्थान तोकिएको अधिकारीले बताए । उनले भने, ‘उनीहरुका लागि सिफल, गुहेश्वरी, महानगरीय प्रहरी वृत्त गौशला इत्यादि स्थानमा पार्किङ गर्ने सुविधा छ ।’

स्वास्थ्य शिविर

दर्शन गर्न आएका भक्तजनका लागि भन्दै विकास कोषले प्रत्येक वर्ष स्वास्थ्य शिविरको व्यवस्था गर्दै आएको छ । भक्तजनहरु शिवको दर्शनका लागि मन्दिर आउँदा निकै घुँइचो हुने हुँदा हजारौँको संख्यामा स्वयमसेवकहरुको पनि व्यवस्था पनि छ ।

साथै लाइनमा बसेका बिरामीलाई लक्षित गरेर स्वास्थ्य शिविर पनि सञ्चालन हुनेछ । लामो समय लाइन बसेका भक्तजनहरु शारीरिक रुपमा अशक्त, स्वास्थ्य अवस्था कमजोर र रिगँटा लागेर ढल्ने जस्ता समस्या देखिने हुँदा तुरुन्त चेकजाँचका लागि आकस्मिक उपचारका लागि यो व्यवस्था राखिएको हो ।

सवारी रोक लगाइएका स्थानहरुः
शिवरात्रीका दिन ट्राफिक महाशाखाले १० रुटमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।

 

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ८ : ५७ बजे

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको

बाढीपहिरो प्रभावित क्षेत्रमा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले बाढी तथा विपद्बाट प्रभावित नागरिकको

सम्पर्कविहीन प्रियजन सकुशल भेटिने आशा कायम राखौँ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बाढीका

प्रधानमन्त्रीले दिए रवीन्द्र ढाँटलाई बधाई

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले रोड टु युएफसी सिजन–५