प्रभु बैंकले ८ प्रतिशत बोनश शेयर वितरण गर्ने « Khabarhub

प्रभु बैंकले ८ प्रतिशत बोनश शेयर वितरण गर्ने


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रभु बैंक लिमिटेडले गत आ.व. २०७४/७५ को मुनाफाबाट चुक्ता पूँजीको ८ प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय गरेको छ ।

१७औं वार्षिक साधारण सभाका क्रममा बैंकले बोनश शेयर बाँड्ने  निर्णय गरेको हो । बैंकको सञ्चालक समितिका अध्यक्ष देवीप्रकाश भट्टचनको अध्यक्षतामा बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा साधारण सभा सम्पन्न गर्दै  संस्थापक समूहतर्फ कायम रहेको ६१.३१ प्रतिशत र सर्वसाधारण समूह तर्फ कायम रहेको ३८.६९ प्रतिशतको शेयर संरचना परिवर्तन गरी संस्थापक समुह तर्फ ५५ प्रतिशत र सर्वसाधारण समूह तर्फ ४५ प्रतिशत कायम हुने गरी बैंकको जारी तथा चुक्ता पूँजीको संरचना परिवर्तन गर्ने निर्णय समेत गरेको छ ।

अब प्रभु बैंक लि.को जारी तथा चुक्ता पूँजी ८ अर्ब ८९ करोड २६ लाख ७८ हजार ९ सय रुपैयाँ पुगेको छ । देशका विभिन्न स्थानमा शाखा रहित बैंकिङ्ग सेवा, १० वटा एक्स्टेन्सन काउण्टर कार्यालय, १ सय ३२ वटा एटिएम मेसिन तथा १ सय ६५ शाखा कार्यालय सहित देशभर फैलिएको प्रभु  बैंकका १२ लाख भन्दा बढि ग्राहक छन् ।

बैंकले छिट्टै देशका विभिन्न २८ स्थानमा नयाँ शाखा कार्यालयहरु खोली सेवा विस्तार गर्ने जनाएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ८ : ५२ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार