भारतविरुद्ध पाकिस्तानले एफ १६ विमान प्रयोग गरेकोबारे अमेरिकाले शुरु गर्‍यो अनुसन्धान « Khabarhub

भारतविरुद्ध पाकिस्तानले एफ १६ विमान प्रयोग गरेकोबारे अमेरिकाले शुरु गर्‍यो अनुसन्धान


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– केही दिनअघि भारतसँगको ‘हवाई लडाइँ’मा पाकिस्तानले अमेरिकामा निर्मित एफ १६ लडाकु विमान प्रयोग गरे/नगरेको बारे अमेरिकाले अनुसन्धान शुरु गरेको छ ।

पाकिस्तानले अमेरिकामा निर्मित एफ १६ लडाकु विमानको प्रयोग गरेको भए त्यसले अमेरिका र पाकिस्तानबीच भएको हतियार किनबेचको सम्झौता उल्लङ्घन भएको हुनसक्ने भन्दै पाकिस्तानको राजधानी इस्लामावादस्थित अमेरिकी दूतावासले त्यसबारे जानकारी खोजेको जनाएको छ ।

गत बुधबार भारत र पाकिस्तानबीचको हवाई लडाइँमा पाकिस्तानको एफ १६ लडाकु विमान खसालेको भारतले दाबी गर्दै आएको छ । पाकिस्तानले भने त्यस लडाईँमा एफ १६ लडाकु विमानको प्रयोग नगरेको बताउँदै आएको छ ।

बुधबारको हवाई लडाईँमा पाकिस्तानले भारतको मिग २१ लडाकु विमान खसालेर पाइलटलाई नियन्त्रणमा लिएको थियो । ती पाइलट विङ कमाण्डर अभिनन्दनलाई गत शुक्रबार रिहा गरिएको थियो ।

पाकिस्तानले एफ १६ विमानको प्रयोग गरेको भए त्यसले अमेरिका र पाकिस्तानबीचको कस्तो सम्झौता उल्लङ्घन भएको हो भन्नेबारे अमेरिकी दूतावासले केही खुलाएको छैन ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  १ : ४७ बजे

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल असोज २३ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २३ गते शुक्रबार सन् २०२६

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली