म नोबेल शान्ति पुरस्कारको हकदार होइन: इमरान खान « Khabarhub

म नोबेल शान्ति पुरस्कारको हकदार होइन: इमरान खान


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफू नोबेल शान्ति पुरस्कारको हकदार नभएको जनाएका छन् । प्रधानमन्त्री खानले ट्विट गर्दै आफू नोबेल शान्ति पुरस्कारको हकदार नभएको जनाएका हुन् ।
ट्विटमा उनले जसले कश्मीरी जनताको इच्छाअनुसार कश्मीर समस्याको समाधान गरी भारतीय उपमहाद्विपमा शान्ति तथा मानव विकासका लागि मार्ग प्रशस्त गर्छ उही नोबेल पुरस्कारको हकदार हुने जनाएका हुन् ।

केही दिनअघि आफ्नो नियन्त्रणमा रहेका भारतीय वायुसेनाका विङ्ग कमाण्डर अभिनन्दन वर्तमानलाई रिहा गर्ने घोषणा गरेसँगै सामाजिक सञ्जालमा प्रधानमन्त्री खानलाई नोबेल शान्ति पुरस्कार दिइनुपर्ने आवाज उठेको थियो ।
त्यसैलाई सम्बोधन गर्दै उनले आफू नोबेल शान्ति पुरस्कारको हकदार नभएको जनाएका हुन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  ५ : ११ बजे

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि