विषालु च्याउले ज्यानै लिनसक्छ, सचेत रहनुस् ! « Khabarhub

विषालु च्याउले ज्यानै लिनसक्छ, सचेत रहनुस् !


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–च्याउ एकप्रकारको ढुसीजन्य वनस्पती हो । यसको धागो जस्तो आकारको अवस्थालाई माइसेलियम भनिन्छ । यही धागो जस्तो ढुसीबाट च्याउ आकारको ठूलो फ्रुटिङ्ग बडी निस्कन्छ । च्याउमा हाम्रो शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्वहरु प्रशस्त मात्रामा पाइन्छ ।

च्याउमा प्रोटिन, भिटामिन ए, बी, सी तथा क्याल्सियम, फोस्फोरस जस्ता खनिज पदार्थ प्रशस्त मात्रामा पाइन्छन् । त्यसैले च्याउलाई एक पौष्टिक स्वास्थ्यवर्द्धक परिकारको रुपमा लिने गरिन्छ ।

प्रकृतिमा अनेकौँ जातका च्याउहरु जंगलमा त्यत्तिकै उम्रिरहेका हुन्छन् । जंगलबाट टिपेर ल्याएरको च्याउ बजारमा बेचबिखन गर्ने चलन पनि छ । आजभोलि कृत्रिम रुपमा व्यवसायीक च्याउ खेती गर्ने किसानहरु पनि बढेका छन् ।

जंगलमा उम्रने सबै च्याउहरु खानायोग्य हुदैनन् । जंगलमा पाइने च्याउ विषाक्त पनि हुन्छन् । विषाक्ता च्याउ पकाउँदा पनि त्यसमा भएकोे विष नष्ट हुदैँन ।

जंगलमा पाइने च्याउहरु हेरेरै खान विषाक्ता छ वा छैन छुट्याउन पनि सकिदैन । त्यसैले पनि नेपालमा विषाक्ता च्याउ खाएर मानिसले अकालमा ज्यान गुमाएका खबरहरु समेत आइरहन्छ ।

विषालु च्याउको यस्ता छन् असर

विषालु च्याउ खाएमा पेट बाउँडिने समस्या आउँछ ।

बान्ता आउछ ।

पखाला लाग्छ ।

सिकिस्त अवस्थामा कलेजो र मृगौलाले काम नगर्ने हुन्छ ।

विषाक्त च्याउने बिरामीको मृत्यु समेत हुन सक्छ ।

कसरी बच्ने ?
विषाक्त च्याउबाट हुने जोखिमबाट बच्न च्याउको राम्रोसँग पहिचान गरेर मात्र खानुपर्छ । तर च्याउमा विषालु पदार्थ छ वा छैन भनेर पहिचान गर्न निकै कठिन छ । त्यसैले विषाक्त च्याउबाट बच्ने एकमात्र उपाय भनेको जंगलको च्याउ भन्दापनि घरेलु रुपमा उत्पादन गरिएका च्याउ खानुपर्छ ।

विषालु च्याउ खाएर बिरामी परिहाले के गर्ने ?

विषालु च्याउमा हुने विष हटाउने औषधि विज्ञानले पत्ता लगाइसकेको छैन । त्यसैले विषाक्त च्याउको विषको असर शरीरमा फैलिन नदिनु नै उपचारको सही तरिका हो ।

विषाक्त च्याउ खाएर बिरामी परिहालेमा होशमा भएको बिरामीलाई विषको मात्रा निकाल्न बान्ता गराउनु पर्छ । यस्तै विषाक्त च्याउ खाएर वेहोस भएका बिरामीलाई कृत्रिम श्वासप्रश्वास गराएर प्राथमिक उपचार गर्न सकिन्छ । प्राथमिक उपचारबाट बिरामीको अवस्था सुधार नभएमा सकेसम्म छिटो अस्पताल नै लैजानुपर्छ ।

विषालु च्याउबारे केही भ्रमहरु

विषालु च्याउ चम्किला हुन्छन् ।

विषालु च्याउले चाँदीलाई कालो बनाउँछ ।

विषालु च्याऊलाई चामलसँग उमाल्दा रातो हुन्छ ।

विषालु च्याउ पकाउँदा, अचार बनाउँदा विष हराउँछ ।

विषालु च्याउ चुच्चा, छतरी आकारका हुन्छन्, खान हुने च्याउ चेप्टा हुन्छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  ८ : ४८ बजे

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड संकलन

कैलाली– धनगढी उपमहानगरपालिका–१५ कनरीस्थित दुग्ध विकास संस्थानअन्तर्गतको धनगढी दुग्ध वितरण

जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

काठमाडौं– कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका चुनौतीबीच

बीवाइडी विद्युतीय सवारी आयातबारे साइमेक्स इन्कले यसो भन्यो

काठमाडौं– नेपालमा बीवाइडी सवारीसाधनको आधिकारिक वितरक साइमेक्स इन्कले विद्युतीय सवारी

लिभोनको नयाँ ब्रान्ड एम्बासडरमा स्वस्तिमा खड्का नियुक्त

काठमाडौं– मेरिको लिमिटेड अन्तर्गतको लोकप्रिय हेयर स्टाइलिङ ब्रान्ड लिभोन ले

‘प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियो’

काठमाडौं– पूर्वप्रधानमन्त्री सुशीला कार्कीले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा