पोखरामा पुनः प्याराग्लाइडिङ दुर्घटना, दुई जना घाइते « Khabarhub

पोखरामा पुनः प्याराग्लाइडिङ दुर्घटना, दुई जना घाइते


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरामा पुनः सोमबार प्याराग्लाइडिङ दुर्घटना हुँदा दुई जना विदेशी नागरिक घाइते भएका छन् । कास्कीका छुट्टाछुट्टै ठाउँमा दुई वटा प्याराग्लाइडिङ दुर्घटना भएका हुन् ।

माछापुच्छ्रे गाउँपालिकाको ठाँटीमा बिजुलीको खम्बामा ठोक्किएर घाइते भएका पोल्याण्डका ३० वर्षीय जानुज कारोलको एउटा हात जलेको बताइएको छ । उनको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको छ । उनी पोखराको ब्लु स्काइ कम्पनीबाट अनुमति लिएर उडेका थिए ।

त्यस्तै अर्का विदेशी प्याराग्लाइडर ६३ वर्षीय रुसी इलगिज यागुदिन भने कास्कीकै मादी गाउँपालिकाको शिरखानीमा दुर्घटनामा परेका थिए । उनी रूखमा अड्किएका थिए । उनलाई स्थानीयवासीले उद्धार गरेका छन् । उनको अवस्था भने सामान्य रहेको छ ।

पोखरामा आइतबार मात्रै प्याराग्लाइडिङ्ग दुर्घटना हुँदा एक रोमानियालीको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  ७ : ३४ बजे

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले