अमेरिकाको राष्ट्रपतिका लागि उम्मेदवार बन्ने होडबाटै बाहिरिइन कमला « Khabarhub

अमेरिकाको राष्ट्रपतिका लागि उम्मेदवार बन्ने होडबाटै बाहिरिइन कमला


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकामा आउँदो वर्ष हुने राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने होडमा रहेकी कमला ह्यारिस उम्मेदवारी प्राप्त गर्ने होडबाट बाहिरिएकी छन् ।

क्यालिफोर्नियाकी सिनेटर ह्यारिसले उम्मेदवारी प्राप्त गर्ने अभियानको सुरु गर्दा जस्तो समर्थन नदेखेपछि बाहिरिने घोषणा गरेकी छन् । गएको जनवरीमा ह्यारिसले उम्मेदवारी घोषणा गर्दा उनको समर्थनमा धेरै मानिस रहेको देखिएको थियो ।

अभियान चल्दै जाँदा र बहसहरुको चरण पार गर्दै जाँदा धेरै नेताहरुको दाबी रहेको डेमोक्र्याटिक फिल्डमा कमला संकटमा पर्दै गएकी थिइन् । गएको नोभेम्बरमा पैसाको अभावका कारण ह्यारिसको चुनावी अभियानको बाल्टिमोर स्थित हेडक्वाटर तथा न्यू ह्यामशर र क्यालिफोर्निया स्थित कार्यालयका कर्मचारीलाई कामबाट निकालिएको थियो ।

५५ वर्षकी कमला ह्यारिस राष्ट्रपति डोनाल्ड ट्रम्पकी कडा आलोचक हुन् र उनलाई डेमोक्र्याटिक पार्टी भित्र लोकप्रिय हुँदै गएको नेताका रुपमा हेरिएको थियो।

तर उनी उम्मेदवारी होडमा सबैभन्दा अघि रहेका जो बाइडेन, बर्नी सान्डर्स र एलिजाबेथ वारेनसँगको प्रतिस्पर्धामा खरो उत्रन सकिनन् ।

क्यालिफोर्नियाको ओक्ल्याण्डमा गएको जनवरीमा २२ हजार मानिसको भिड मार्फत उम्मेदवारीको दाबी गर्दा उनलाई प्रमुख दाबेदार बन्न सक्ने ठानिएको थियो । गएको जुनमा भएको टेलिभिजन बहसमा पूर्व उपराष्ट्रपति जो बाइडेनमाथि रंग भेदको विषयलाई लिएर आक्रमण रुपमा प्रस्तुत भएपछि सर्वेक्षणहरुमा उनी राम्रो अवस्थामा देखिएकी थिइन् । तर पछिल्ला महिनाहरुमा उनी निरन्तर आरालो लाग्दै गएकी थिइन् ।

ह्यारिसले पछिल्ला महिनाहरुमा चुनावी अभियान चलाउनका लागि पैसाको अभावका कारण निकै समस्या भएको र यसले गर्दा आफू जीवनको कठीन निर्णय लिन बाध्य भएको उल्लेख गरेकी छन् । आफ्नो चुनावी अभियानका लागि आफै पैसा लगानी गर्नका लागि आफू अर्बपति नरहेकाले समस्या भएको उनले उल्लेख गरेकी छन् ।

ह्यारिसका श्रीमान डग्लस एमहोफले ह्यारिसको समर्थनमा ट्वीट गरेका छन् । ह्यारिसले आफ्ना समर्थकलाई लेखेको पत्रको केही अंश ट्वीट गरेकी छन् र सबैलाई धन्यबाद भनेकी छन् ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ७ : १७ बजे

लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेशमा भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा

विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रूपमा सङ्कलन गरिएको

आर्थिक गणनामा खटिने गणकलाई आजदेखि तालिम दिइँदै

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक

प्रजातन्त्र पुनर्स्थापना भएको दिनको सम्झनामा आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ– नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम