करातेमा नेपालले जित्यो १० स्वर्ण « Khabarhub

करातेमा नेपालले जित्यो १० स्वर्ण


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले करातेतर्फ १० स्वर्ण जितेको छ ।

बुधबार बिहान भएको महिला ६८ केजीमाथिको तौल समूहमा करातेकी अनुपमा मगरले पाकिस्तानकी फाइटरलाई पराजित गर्दै स्वर्ण हात पारिन् । मंगलबार बेलुकासम्म करातेबाट ९ स्वर्ण प्राप्त भएको थियो भने अनुपमाले स्वर्ण जितेसँग नेपालको जम्मा स्वर्ण संख्या २५ पुगेको छ ।

अनुपमाले फाइनल राउण्डमा पाकिस्तानी खेलाडीलाई ६–४ ले पराजित गरेकी थिइन् ।

स्वर्ण विजेता खेलाडीको नामावली

काता (महिला) – सरु कार्की, संगिता मगर, निर्मला तामाङ
काता (पुरुष)– मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
पुरुष सिंगल्स काता – काजी क्षेष्ठ
८४ किलोमाथि– विप्लवलाल श्रेष्ठ
५० किलो– लक्ष्मण तामाङ
५० किलोमुनि (महिला)– अनु अधिकारी
४५ किलोमुनि (महिला) – कुसुम श्रेष्ठ
६७ केजी तौल समूह मुनि – नविन रसाइली
६८ केजी तौल समूह मुनि – सुनिता महर्जन
६८ केजी तौलमाथि – अनुपमा मगर

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ११ : ४० बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप