स्वर्णपदक आमालाई समर्पण गरेकी अनुपमाले भनिन्– आज भावुक होइन खुसी छु « Khabarhub

स्वर्णपदक आमालाई समर्पण गरेकी अनुपमाले भनिन्– आज भावुक होइन खुसी छु



काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा करातेले १० औं स्वर्ण जित्यो ।

उक्त दशौं स्वर्ण करातेलाई दिलाउने खेलाडी हुन्, अनुपमा मगर । ६८ किलो तौल समूहमा पाकिस्तानी खेलाडीलाई फाइनलमा पराजित गर्दै स्वर्ण जितेकी उनले आजको दिनका लागि बर्षौ कुर्नु पर्यो ।

भन्छिन्‘करातेमा लागेको १०–११ बर्ष भइसक्यो । यतिलामो यात्राको सफलता आज आएर पाएकी छु । सायद यहिँ दिनका लागि म यतिधेरै समय करातेमा रहे,’ खुसी देखिएकी अनुपमाले भनिन्

उदयपुर घर भएकी हक्की स्वभावकी उनी मेहनतमा विश्वास गर्छिन् । मेहनतका साथ धैर्य आवश्यक रहेको उनको भनाइ छ ।

यसका लागि धेरै सोच्नु पर्दौन अनुपमाचले गरेको पछिल्लो ११ वर्षको नेपाली करातेका लागि दिएको समय हेरे पुग्छ ।

स्वर्ण जितेपछि उत्साहित देखिएकी अनुपमाले सातदोबाटोस्थित कराते हलसम्म आफ्न्त नबोलाएको बताइन् । उनलाई घर परिवारले आफूबाट धेरै अपेक्षा गरेको महसुस भएको छ ।

यदि घर परिवारको अपेक्षा पूरा गर्न नसके उनीहरु दुखी हुने महसुस गरेरै आफुले परिवारका सदस्यलाई खेल हेर्न नबोलाएको उनले बताइन् ।

‘म आज यहाँ मेरो टिम सँग आएकी हुँ । परिवारका मान्छेहरु आउँछु भन्दै हुनुहुन्थ्यो । तर, मैले टिकट छैन भने उहाँहरु आउनु भएन,’ अनुपमाले खबरहबसँग भनिन् ।

२८ बर्षीय अनुपमाले आफूले जितेको स्वर्ण स्वर्गीय देव कुमारी मगरको नाममा समर्पण गरेकि छन् । ‘मैले जितेको मेरो स्वर्ण म मेरो स्वर्गीय आमाको नाममा समर्पित गर्न चाहान्छु,’ आमालाई सम्झिँदै भावुक बनेकी उनले भनिन्,‘आज म भावुक होइन खुसी छु ।’

अनुपमाले फाइनलमा पाकिस्तानी खेलाडीलाई ६–४ ले हराएकी थिइन् । त्यसभन्दा अगडि सेमिफाइनलमा श्रीलंकासँगको खेल निकै प्रतिस्पर्धात्मक भएपनि आफुले जितेको बताइन् ।

‘सेमिफाइनल निकै प्रतिस्पर्धात्मक बन्यो । उक्त खेलको मलाई अंक पनि याद छैन,’ अनुपमाले भनिन् ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  १ : ०६ बजे

माघे संक्रान्तिका परिकार ‘सुपर फुड’

आज माघे संक्रान्ति पर्व । यो पर्व नेपाली समाजमा परम्परा,

शेरबहादुर समूहको नियन्त्रणमा रहेको कांग्रेसको वेबसाइटबाट हट्यो गगन, विश्व र फरमुल्लाहको नाम

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्ष दाबी गर्दै आएको शेरबहादुर देउवा

कञ्चनपुर-कमला सडक विस्तार : पाँच वर्षमा ६९ प्रतिशत प्रगति

सिरहा– नेपाल सरकारको रूपान्तरणकारी गौरवको आयोजनाअन्तर्गत कञ्चनपुर–कमला सडक खण्ड विस्तार

गाजामा स्वास्थ्य सेवा बन्द गर्न इजरायली सेनाको आदेश

एजेन्सी– सयुक्त राट्रसङघीय एजेन्सि युएनआरडब्लुएद्वारा संचालित स्वास्थ्य केन्द्रमा इजरायली सेनाले

गगन थापा पक्षीय कांग्रेस केन्द्रीय समितिको बैठक (तस्बिरहरू) 

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक