चितवन र युनिभर्सल मेडिकल कलेजका विद्यार्थीद्वारा परीक्षा बहिष्कार गरेर आन्दोलन « Khabarhub

चितवन र युनिभर्सल मेडिकल कलेजका विद्यार्थीद्वारा परीक्षा बहिष्कार गरेर आन्दोलन


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमले आजदेखि शुरु गरेको बिडिएस, विएससी नर्सिङ र प्यारामेडिक्सका स्नातक तह प्रथम वर्षका विद्यार्थीहरुले परीक्षा बहिष्कार गरेका छन् ।

चितवनको चितवन मेडिकल कलेज (सिएमसी), भैरहवाको युनिभर्सल मेडिकल कलेज (युसिएमएस)का विद्यार्थीहरुले आजको परीक्षा बहिष्कार गरेका हुन् ।

मेडिकल शिक्षामा ठगी भएको भन्दै सरकारले तोकेको भन्दा बढी शुल्क लिएका कलेजले शुल्क फिर्ता नगरेसम्म आन्दोलन नरोकिने भन्दै विद्यार्थीहरुले शैक्षिक कार्यक्रम बहिस्कार गरेका हुन् ।

बिहान ९ बजेदेखि परीक्षा शुरु गर्दा युसिएमएसका विद्यार्थीहरुले परीक्षा सेन्टर बाहिर पेन डाउन गरेर धर्ना दिएका थिए । यस्तै सिएमसीका विद्यार्थीहरुले पनि परीक्षा बहिष्कार गर्दै आन्दोलनको गरिरहेका छन् ।

युसिएमएसमा बिडिएस प्रथम वर्षका ४० जना र प्यारामेडिक्सका अन्य विद्यार्थीले परीक्षा बहिष्कार गरेका छन् । यस्तै सिएमसीका बिडिएस प्रथम वर्षका ४० जना र प्यारामेडिक्स, विएसी नर्सिङका सबै विद्यार्थीहरुले परीक्षा नदिएको सिएमसीकी मेडिकल विद्यार्थी मान्यता थापाले बताइन् ।

उनले भनिन्, ‘हाम्रो कजेमा आजदेखि प्यारामेडिक्स, नर्सिङको फार्मेसीको परीक्षा शुरु भएको थियो, कसैले पनि परीक्षा दिएका छैनन्, हामीले कलेज अगाडी विरोध कार्यक्रम गरीरहेका छौं ।’

सिएमसीका विद्यार्थीहरुले परीक्षा बहिष्कार गर्दै प्रवेश पत्र समेत जलाएका छन् ।

युसिएमएसका एमबीबीएस प्रथम वर्षका एक सय जना विद्यार्थीले पनि भोलीदेखि शुरु हुने परीक्षा बहिष्कार गर्ने घोषणा गरीसकेको एक विद्यार्थीले बताए ।

आइओएमले भोलिदेखि शुरु हुने भनेको एमबीबीएस प्रथम वर्षको परीक्षामा विरगंजको नेशनल मेडिकल कलेज, भैरहवाको युनिभर्सल मेडिकल कलेज र चितवन मेडिकल कलेजले परीक्षा बहिष्कार गर्ने घोषणा गरीसकेको चिकित्सा शिक्षा संघर्ष समितिका प्रवक्त डा सुजन कडरियाले बताए ।

मेडिकल शिक्षामा शुल्कको विषयलाई लिएर मेडिकल विद्यर्थीहरु लामो समयदेखि आन्दोलित छन् । विद्यार्थीको आन्दोलपछि सरकारले मंसिर १० गते मेडिकल कलेज सञ्चालकसँग वार्ता गरी शुल्क फिर्ताको सहमति गरेको थियो ।

तर सरकार र मेडिकल कलेज सञ्चालकबीच भएको सहमतिप्रति आन्दोलनरत विद्यार्थीहरु असन्तुष्ट छन् । विद्यार्थीहरुले सरकारसँग गरेको सहमतिले सबै मेडिकल विद्यार्थीको शुल्क फिर्ता नहुने र बढी लिएको शुल्क पूर्ण रुपमा फिर्ता नहुने भन्दै विद्यार्थीहरुले आन्दोलनलाई जारी राखेका छन् ।

परीक्षा वहिष्कार गरेका विद्यार्थीहरुले सरकारसँगै भएको सहमित अनुसार पनि शुल्क फिर्ताको प्रक्रिया शुरु नभएको दावी गरेका छन् ।

सरकार र मेडिकल कलेजबीच यस्तो थियो सहमति

मेडिकल विद्यार्थीहरुको लामो समयसम्म आन्दोलन जारी रहेपछि सरकारले मंसिर १० गते शिक्षा मन्त्रालयमा निजी मेडिकल सञ्चालकसँग २ वटा निर्णय गरेको थियो ।

सरकार र कलेज सञ्चालकबीच भएको सहमतिमा कलेज सञ्चालकहरुले मन्त्रिपरिषद्बाट चिकित्सा शिक्षाको स्नातक तहका एमबीबीएस र बीडिएस कार्यक्रमका लागि निर्धारण गरिएको शुल्क कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन् ।

यस्तै निर्णय नम्बर २ मा ४ वटा सहमति भएको थियो । जसमा शैक्षिक सत्र २०७४र७५ र २०७५र७६ मा सरकारले निर्धारण गरेको शुल्क भन्दा बढी रकम लिएका मेडिकल कलेजहरुले आज (मंसिर ११ गते) देखि बढी लिएको शुल्क फिर्ता वा समायोजनको थालनी गर्ने उल्लेख छ ।
यस्तै सहमतिको ख नम्बरमा २०७२/७३ र २०७३/७४ को हकमा विश्वविद्यालयहरुको समन्वयमा अध्ययन, छलफल र छानविन गरी चिकित्सा शिक्षा आयोगले निर्णय गर्ने भनिएको छ । जुन सहमति प्रति आन्दोलनरत विद्यार्थीहरुले असन्तुष्ट जनाएका छन् ।

यस्तै शैक्षिक सत्र २०७६र७७ मा चिकित्सा शिक्षा आयोगबाट निर्धारण गरिएको शुल्क लिई विश्वविद्यालयको अनुमतिमा भर्ना प्रक्रिया सुचारु गर्ने भनिएको छ भने शैक्षिक सत्र २०७७/७८ र त्यस पछिका लागि वैज्ञानिक ढंगले शुल्क निर्धारणका लागि चिकित्सा शिक्षा आयोगबाट कार्य अघि बढाउने भनिएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  १ : ५६ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को