बालबालिकालाई कति र कसरी खुवाउने खाना ? « Khabarhub

बालबालिकालाई कति र कसरी खुवाउने खाना ?


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

६ महिना पुरा भएपछि बालबालिकालाई आमाको दूधबाट मात्र पोषक तत्वहरु पुग्दैन । त्यसैले ६ महिना पुरा भएका बालबालिकाहरुलाई आमाको दूधसँगै थप खाना पनि खुवाउनुपर्छ ।

बालबालिकालाई थप खाना खुवाउँदा उसको उमेर, पटक, मात्रा, बाक्लोपन, सरसफाई र सक्रियता समेतमा पनि ख्याल गर्नुपर्छ ।

कति उमेरकालाई के खुवाउने ?

६ देखि ९ महिनासम्मः ६ देखि ९ महिनासम्मका बालबालिकालाई आमाको दूधसँगै दिनमा ३ पटक थप खाना खुवाउनु पर्दछ । खाना शुरु गर्दा २ देखि ३ चम्चाबाट शुरु गर्नु पर्दछ ।

९ देखि १२ महिनासम्मः ९ देखि १२ महिनासम्मको बालबालिकालाई आमाको दूधका साथै दिनमा ३ पटक पूरक वा थप खाना र एक पटक खाजा खुवाउनु पर्दछ । खाजामा केरा, अण्डा जस्ता खानेकुरालाई समावेश गर्नु पर्दछ ।

१२ देखि २४ महिनाः १२ देखि २४ महिनाको बालबालिकालाई आमाको दूधका साथै दिनमा ३ पटक पूरक खाना र २ पटक खाजा खुवाउनु पर्दछ ।

हरेक दिनको थप खानामा पनि अन्न वा कन्दमूल, गेडागुडी,तेलहन, पशुपंक्षिजन्य श्रोतका खानेकुरा जस्तै दूध तथा दूग्ध पदार्थ, माछारमासु, अण्डा, र हरियो सागपात र फलफूल समूह मिलाएर खुवाउनु पर्दछ ।

लिटो, जाउलो, गहुँ, कोदो, मकै, फापर, दाल, पालुङ्गो, मिचेको केरा, तरबुजा र खरबुजा, मेवा, स्याउ र मिचेको काउली, गाजर, आलु, सखरखण्ड, फर्सीजस्ता विभिन्न प्रकारका तरकारी, अण्डा, माछा, मासु आदि खुवाउनु पर्दछ ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ४ : ०९ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को