साग महिला क्रिकेटमा बंगलादेश र श्रीलंका विजयी « Khabarhub

साग महिला क्रिकेटमा बंगलादेश र श्रीलंका विजयी


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत बुधबार पोखरामा भएको महिला क्रिकेट प्रतियोगितामा बङ्गलादेश र श्रीलङ्का विजयी भएका छन् ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा बिहान भएको खेलमा बङ्गलादेशले नेपाललाई १० विकेटले पराजित गरेको हो भने श्रीलङ्काले माल्दिभ्समाथि २४९ रनको फराकिलो जित दर्ता गरायो । टस हारेर ब्याटिङमा उत्रिएको नेपालले १९.२ ओभरमा केवल ५० रन जोडेको थियो । नेपालका तर्फबाट सोनु खड्काले सर्वाधिक १२ रन र इन्दु बर्माले १० रन जोडे पनि अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् ।

नेपालकी अप्सरा वेगमले पाँच, सीता रानामगरले तीन, ममता चौधरीले एक रन जोडिन् भने अन्य खेलाडीले खाता खोल्न सकेनन् । प्लेयर अफ द म्याच रबेया खानले नेपालको महत्वपूर्ण चार विकेट लिएकी थिइन् । त्यस्तै जहनारा आलमले दुई, सल्मा खातुन, नहिदा अख्तर र फहिमा खातुनले समान एक/एक विकेट लिन सफल भएका थिए ।

प्रतियोगिताअन्तर्गत ५१ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको बङ्गलादेशले कुनै पनि विकेट नगुमाई ७.४ ओभरमै जित निकालेको थियो भने बङ्गलादेशका लागि आयस्मा रहमानले अविजित २६ र मर्सिदा खातुनले २३ रनको योगदान दिए । २२ बलको सामना गरेकी रहमानले तीन चौका तथा २४ बल सामना गरेकी खातुनले चार चौका प्रहार गरेकी थिइन् ।

आजै भएको अर्को खेलमा श्रीलङ्काले कमजोर माल्दिभ्समाथि २२४ रनको जित निकालेको हो । पहिला ब्याटिङ गर्दै श्रीलङ्काले दुई विकेटको क्षतिमा २० ओभरमा २७९ रनको विशाल योगफल तयार पारेको थियो ।

श्रीलङ्काको तर्फबाट प्लेयर अफ द म्याच घोषित हर्षिता माधवीले अविजित १०६ रनको विस्फोटक पारी खेलिन् । उनले ४७ बलमा तीन छक्का र १५ चौका प्रहार गर्न सफल भएकी थिइन । शतकको नजिकै पुगेर पनि शतकबाट चुकेकी अर्की खेलाडी सत्या संदिपनीले अविजित ९६ रन बनाइन् । उनले ४८ बलमा तीन छक्का ११ चौका प्रहार गरेकी थिइन् ।

माल्दिभ्सको पारी भने मात्रै १४.५ ओभरमा ३० रनमै समेटिएको थियो । माल्दिभ्सका कुनै पनि खेलाडीले दोहोरो आँकडाको योगफल जोड्नसमेत सकेनन् । उसका लागि सजा फतिमाथले ६, जुना मारिया र हप्सा अब्दुल्लाले पाँच/पाँच रन बनाएका थिए । बङ्गलादेशको वलिङतर्फ अज अनलीले तीन, संदिपनीले दुई तथा थारिका सेवान्डी, निसन्साला र थिमासिनीले समान एक/एक विकेट लिएका थिए ।

यो सँगै राउण्ड रोविन लिगका सबै टिमले दुई/दुई खेल खेलेका छन् । दुईमा दुई जित निकालेको बङ्गलादेश चार अङ्कसहित शीर्ष स्थानमा छ भने एक खेलमा जित र एकमा हार व्यहोरेको नेपाल दुई अङ्कसहित दोस्रो स्थानमा रहेको छ । समान दुई अङ्क जोडे पनि श्रीलङ्का तेस्रो स्थानमा छ भने कुनै पनि जित ननिकालेको माल्दिभ्स अन्तिममा रहेको छ । प्रतियोगिताअन्तर्गत भोलि बिहान ११ बजेदेखि शुरु हुने खेलमा बङ्गलादेश र माल्दिभ्स आमने–सामने हुनेछन् ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ६ : ५७ बजे

काठमाडौं महानगरमा २७ सय महिलाको परीक्षण : ९० जनामा एचपीभी संक्रमण पुष्टि

काठमाडौं- काठमाडौं महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा सञ्चालन गरेको निःशुल्क स्तन

वर्षाले चितवनको रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

चितवन– अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर क्षेत्रमा मौरीपालन

वन्यजन्तुका लागि भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण

भोजपुर– वन्यजन्तुको संरक्षण र पानीको अभाव कम गर्ने उद्देश्यले भोजपुरको

विश्वकप फुटबल : भिएआर सुविधा कि विवाद ?

फिफा विश्वकप २०२६ अब अन्तिम चरणमा पुगेको छ। मैदानमा खेलाडीको

सिँचाइ सुविधासँगै आकासे पानीको भर पर्नुपर्ने समस्या अन्त्य

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिमका तुलप्रसाद जुग्जालीले लुरवाङस्थित खेतमा यसपालि