१३ औं सागमा आर्चरी नखेल्ने पाकिस्तानको घोषणा « Khabarhub

१३ औं सागमा आर्चरी नखेल्ने पाकिस्तानको घोषणा


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत आर्चरी खेलमा पाकिस्तान अन्तिम समयमा आएर सहभागी नहुने भएको छ । मंगलबारसम्म आर्चरीमा सहभागी हुने जनाएको पाकिस्तानले अन्तिम समयमा आएर आफ्नो आन्तरिक कारण देखाउँदै आर्चरी खेलमा सहभागी नहुने उल्लेख गरेको नेपाल आर्चरी सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष वसन्त थकालीले बताए ।

उनका अनुसार नेपालसहित भूटान, श्रीलङ्का र बङ्गलादेश आर्चरी प्रतियोगितामा सहभागी हुने भएका छन् । भूटानका ९ खेलाडी प्रतियोगितामा सहभागी हुँदैछन् । ३ देशका १६/१६ खेलाडी सहभागी हुने छन् । प्रतियोगिताको बिहीबार बिहान उद्घाटनपश्चात र्‍याङकिङ राउण्ड शुरु हुने भएको उपाध्यक्ष थकालीले बताए । टिम रिकर्भ (७० मिटर) महिला पुरुष, एकल रिकर्भ, महिला तथा पुरुष र मिक्स रिकर्भ गरी पाँच स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने भएको छ ।

त्यसैगरी कम्पाउण्ड (५० मिटर) महिला तथा पुरुष, कम्पाउण्ड एकल महिला तथा पुरुष र मिक्सतर्फ गरी पाँच स्वर्ण गरी जम्मा १० स्वर्ण पदकका लागि ५७ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका हुन् । प्रतियोगितामा सहभागी खेलाडीको विश्व आर्चरी महासङ्घले र्‍याङकिङ गर्ने भएको छ । विश्व आर्चरी महासङ्घबाट प्रतिबन्ध (सस्पेन्स) भएको भारत १३औँ सागमा सहभागी नहुने भएको छ ।

राखेपसँग आर्चरी प्रशिक्षण मैदानको लागि रकम माग गर्दा समेत नदिएकाले हाल आफूहरुलाई प्रशिक्षण मैदानको अभावमा खेल स्थलबाटै प्रशिक्षण हुने प्रबन्ध गरेको आर्चरी सङ्घका अध्यक्ष दीपक गुरुङले बताए ।

पोखराको क्रिकेट मैदानमा आर्चरीको प्रशिक्षण हुने तयारी गरिरहेको अबस्थामा महिला क्रिकेट भएसँगै आर्चरीलाई प्रशिक्षणका लागि ठाउँ अभाव भएको हो । आर्चरी यही मङ्सिर २३ गतेसम्म हुने खेलाडी योगेन्द्र शेरचनले बताए । उनका अनुसार २२ र २३ गते पदकका लागि फाइनल खेल हुनेछ भने अन्य दिनमा विभिन्न चरणमा प्रतिस्पर्धा हुने भएको छ ।

सहभागी देशका खेलाडीले आज प्रतियोगितास्थल तथा प्रशिक्षण मैदानमा पुगेर प्रशिक्षणसमेत गरेका छन् ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ११ : ५८ बजे

सब इन्जिनियर हत्या घटना : सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध

मलङ्गवा– सदरमुकाम मलङ्गवामा आइतबार राति अज्ञात व्यक्तिको गोली प्रहारबाट सब

२.५ करोड रुपैयाँ बुझाएपछि जेलबाट बाहिरिए अभिनेता राजपाल यादव

काठमाडौं– बलिउडका हास्य कलाकार  राजपाल यादवलाई ठूलो कानुनी राहत मिलेको

इरान-अमेरिका सम्बन्धमा नयाँ पहल, दोस्रो चरणको वार्ता सुरु

जेनेभा– इरानका परराष्ट्रमन्त्री अब्बास अराघची अमेरिकासँग हुने दोस्रो चरणको अप्रत्यक्ष

ओलीको क्षेत्रबाट फर्किएपछि रामकुमारी, ‘मतदाता चलायमान नभएको भए गुण्डुमै सुतेर जित्नुहुन्थ्यो’

काठमाडौं- नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई विभिन्न उपाय अपनाएर

पात्रो प्रकाशनअघि स्वीकृति लिन पञ्चाङ्ग समितिको निर्देशन

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति लिएर मात्रै पात्रो