सागको ब्याडमिन्टनमा पुरुष सिङ्गल र डबल्स तथा मिक्स डबल्समा नेपाल सेमिफाइनलमा « Khabarhub

सागको ब्याडमिन्टनमा पुरुष सिङ्गल र डबल्स तथा मिक्स डबल्समा नेपाल सेमिफाइनलमा


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– तेह्रौँ दक्षिण एशियाली खेलकुदअन्तर्गत ब्याडमिन्टन प्रतियोगितामा पुरुष सिङ्गल, डबल्स तथा मिक्स डबल्समा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालास्थित ब्याडमिन्टन कभर्ड हलमा बुधबार भएको खेलमा पुरुष सिङ्गलतर्फ नेपालका रत्नजित तामाङ, पुरुष डबल्समा प्रिन्स दाहाल र प्रफुल्ल महर्जन तथा मिक्स डबल्समा विकास श्रेष्ठ र अनुमाया राईको जोडी सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालका रत्नजित तामाङले बङ्गलादेशका सिग्बत उल्लाहलाई २१–१३ र २३–२१ को सोझो सेटमा पराजित गरी सेमिफाइनल यात्रा तय गरेका हुन् ।

यस्तै पुरुष डबल्सतर्फ नेपालका प्रिन्स दाहाल र प्रफुल्ल महर्जनको जोडीले भूटानका कर्मा छेन्द्रु र अनिष गुरुङ्को जोडीलाई २१–१४ र २१–१२ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

यसैगरी मिक्स डबल्सतर्फ विकास श्रेष्ठ र अनुमाया राईको जोडी भूटानका अनिष गुरुङ र सम्झना गुरुङको जोडीले वाकओभर दिएपछि सोझै सेमिफाइनलमा पुगेका छन् । महिला डबल्सतर्फ नेपालका जेसिका गुरुङ र रसिला महर्जनको जोडी श्रीलङ्काका प्रमोदिका हेण्डेहवा र के. सिरिमाङ्गेको जोडीसँग २१–८ र २१–७ को सोझो सेटमा पराजित भएकी छन् ।

पुरुष डबल्सतर्फ नेपालका दिपेश धाँमी र रत्नजीत तामाङको जोडी भारतका कृष्णप्रसाद गर्ग र ध्रुव कपिलाको जोडीसँग २१–१६ र २१–१३ को सोझो सेटमा पराजित भएका छन् । यसैगरी मिक्स डबल्सतर्फ नेपालका नवीन श्रेष्ठ र नङ्साल तामाङको जोडी बङ्गलादेशका मोहम्मद सलमान खान र उर्मी अख्तरको जोडीसँग २१–१३ र २१–१७ को सोझो सेटमा पराजित भएका छन् ।

पुरुष सिङ्गलतर्फ भारतका श्रील वर्माले पाकिस्तानका मुराद अलिलाई २१–१२ र २१–१७ को सेटमा पराजित गरेका छन् भने, सोही इभेण्टमा श्रीलङ्काका दिनुका निसान परेराले भूटानका निडुप दोर्जेलाई २१–९ र २१–७ को सेटमा पराजित गरेका छन् ।

यसैगरी भारतका आर्यमान टण्डनले श्रीलङ्काका रनथुस्का करुणाखिलाकेलाई २१–१७ र २१–१७ को सेटमा पराजित गरका छन् । महिला सिंगलतर्फ श्रीलङ्काकी दिल्मी दियासले बङ्गलादेशकी अलिना सुल्तानलाई २१–८ र २१–१० को सोझो सेटमा पराजित गरे ।

सोही इभेण्टमा श्रीलङ्काका रत्नसिरि कपुरुले बङ्गलादेशकी शाल्पा अख्तरलाई १–८ र २१–१० को सेटमा पराजित गरेकी छन् । यसैगरी भारतकी गायत्री गोपिचन्दले पाकिस्तानकी महुर शहाजदलाई २१–१५ र २१–१६ को सेटमा पराजित गरे ।

सोही इभेण्टमा भारतकी अस्मिता चलिहाले पाकिस्तानकी पल्वासा बासिरलाई २१–९ र २१–७ को सेटमा पराजित गरेकी छन् । पुरुष डबल्सतर्फ श्रीलङ्काका दियास अन्गोडा र थरिन्दु डुलेउको जोडीले भारतका अरुण जर्ज र सन्याम शुक्लाको जोडीलाई २१–१० र २३–२१ को सेटमा पराजित गरेका छन् ।

सोही इभेण्टमा पाकिस्तानका मोहम्मद अतिक र राजा मोहम्मद हुसेनको जोडीले श्रीलङ्काका डि परेरा र एच चङ्कामणिको जोडीलाई २१–१४, १३–२१ र २१–१९ को सेटमा पराजित गरेका छन् । महिला डबल्सतर्फ भारतकी कुहु गर्ग र अनुष्का परिखको जोडीले बङ्गलादेशका वृष्टि खातुन र रेहना खातुनको जोडीलाई २१–१८ र २१–११ को सेटमा र सोही इभेण्टमा भारतका एम जकम्पुदी र एस नेलाकुर्थिको जोडीले बङ्गलादेशको शाल्पा अख्तर र अलिना सुल्तानाको जोडीलाई २१–१४ र २१–११ को सेटमा पराजित गरेका छन् ।

श्रीलङ्काका रत्नसिरि कपुरु र यू को जोडीले माल्दिभ्सका नबिहा अब्दुल रज्जाक र अब्दुल रज्जाकको जोडीलाई २१– र २१–११ को सेटमा पराजित गरेका छन् । मिक्स डबल्सतर्फ श्रीलङ्काका डायस अन्गोडा टी प्रमोदिकाको जोडीले पाकिस्तानका मोहम्मद अतिक र गाजला सिद्धिकीको जोडीलाई २१–८ र २१–९ को सेटमा पराजित गरेको छ ।

भारतका ध्रुव कपिला र मेघना जकम्पुदीको जोडीले श्रीलङ्काका रनथुस्का करुणाथुलाके र कविदी सिरिमाङ्गेको जोडीलाई २१–१७ र २६–२४ को सेटमा पराजित गरेका छन् । आजको खेलमा विजयी भएका सबै खेलाडीले सेमिफाइनल यात्रा तय गरेका छन् । पोखरा रङगशालाको कोर्टमा बिहीबार सेमीफाईनल संस्करण हुने प्रतियोगिताका प्राबिधिक संयोजक नरबहादुर गुरुङले जानकारी गराए ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  १० : १८ बजे

पहाडी क्षेत्रमा बादल लाग्ने, तराईमा तातो लहर

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पोखराको खोलाघरमा बनेका अवैध संरचना हटाइँदै

कास्की– पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्केखोलाको खोलाघरभित्र बनेका

अय्यरको शतकमा पञ्जाबको सानदार जित

काठमाडौँ – श्रेयस अय्यरको सानदार अविजित शतकको मद्दतले पञ्जाब किङ्सले

वीरगञ्जबाट १० महिनामा करिब ८ खर्बको सामान भित्रियो

वीरगन्ज– वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्ष (आव)को १०

एसईईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटपसहित सम्मान

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिकाले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा