अनमोल केसी भन्छन्, ‘नेपाली फिल्मकर्मी प्रतिस्पर्धी होइनौँ, परिवार हौँ’ « Khabarhub

अनमोल केसी भन्छन्, ‘नेपाली फिल्मकर्मी प्रतिस्पर्धी होइनौँ, परिवार हौँ’


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युवामाझ अनमोल केसीको आफ्नै क्रेज छ । त्यसो त उनको अभिनय कमजोर भएको भन्दै फिल्म क्षेत्रमा प्रश्न उठ्दै नउठ्ने पनि होइन । थोरै र छानेर मात्र सीमित फिल्ममा अभिनय गर्ने अनमोलका फिल्म केही समयको ग्यापपछि रिलिज हुने कारण पनि उनका फिल्मको बढी चर्चा हुने गर्छ ।

शुक्रवार काठमाडौंमा फिल्म ‘क्याप्टेन’ को ट्रेलर रिलिज कार्यक्रम थियो । उक्त कार्यmक्रममा अनमोल केसी फिल्मका मुख्य दुई अभिनेत्री प्रियंका एमभी र उपासना सिंह ठकुरीसँगै उपस्थित थिए । कार्यक्रममा भुवन केसी, निर्देशक दिवाकर भट्टराई, कलाकार सुनील थापा तथा अन्य कलाकार उपस्थित थिए ।

फिल्मको ट्रेलर सार्वजनिक लगत्तै अनमोलले पत्रकार तथा कार्यक्रममा उपस्थित गेस्टलाई सोधे, ‘फिल्म कस्तो लाग्यो?’

उपस्थितले ट्रेलर मन परेको प्रतिक्रिया दिए । त्यसपछि उनले सबै नेपाली फिल्मकर्मीहरु फिल्म क्षेत्रको एउटा परिवार भएको र एउटा फिल्म अर्को फिल्मसँग प्रतिस्पर्धा नगरेको धारणा राखे । उनले भने, ‘हामी नेपाली कलाकार प्रतिस्पर्धी होइनौँ, हाम्रा प्रतिस्पर्धा त बलिउड र हलिउडका फिल्म हुन् ।’

नेपाली फिल्म रिलिजका क्रममा एकपछि अर्को गर्दै फिल्म जुधिरहेका बेला उनको भनाइलाई धेरैले सकारात्मक रुपमा लिएका छन् ।
फिल्म ‘कृ’ पछि पर्दामा नआएका अनमोल ‘क्याप्टेन’ क्याप्टेनमार्फत पर्दामा देखिँदैछन् । यो चलचित्रका लागि अनमोलले कडा मेहनत गरेको बताएका छन् । यो फिल्मका लागि अनमोलले खेलाडी देखिने आफ्नो तौल घटाएका थिए भने फुटबल खेलाडी हरि खड्कासँग प्रशिक्षण समेत लिएका थिए ।

ट्रेलर र एउटा गीत सार्वजनिक भइसकेको यो फिल्म आउँदो फागुन १७ गतेदेखि नेपालभर रिलिज हुँदैछ । चलचित्रमा लेखन तथा निर्देशन दिवाकर भट्टराईको छ भने भुवन केसीले फिल्म निर्माण गरेका हुन् ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  १० : ०५ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा