‘बुलबुल’ को गीत, स्वस्तिमाको कोसँग बस्यो दिल? (भिडियो) « Khabarhub

‘बुलबुल’ को गीत, स्वस्तिमाको कोसँग बस्यो दिल? (भिडियो)


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाल्पा, गुल्मीतथा अर्घाखाँचीतिर बोलिने भाषिकाको प्रयोग गरी संवाद लेखिएको फिल्म ‘बुलबुल’ को गीत सार्वजनिक गरिएको छ । शनिवार काठमाडौंमा ‘जाद्रै बस्यो दिल’ बोलको गीत सार्वजनिक गरियो ।

पश्चिमतिरै बोलिने भाषिकालाई प्रयोग गरेर गीतका शब्द उनिएको छ । गीतका शब्दलाई मणिकला पौडेलले संकलन गरेकी हुन् भने रजिना रिमालले लोकशैलीमा ढालेर गाएकी छिन् ।

यस्तै भिडियोमा फिल्मका केही दृश्यमात्र समावेश गरिएको छ । ती दृश्यमा फिल्मकी मुख्य नायिका स्वस्तिमा खड्का हावी छिन् ।

अविरल थापा, भीम उपाध्याय, राजु पौडेल र पुरुषोत्तम पाण्डेले मिलेर निर्माण गरेको यो फिल्ममा एक्जुकेटिभ निर्माताका रुपमा रामराज दाहाल छन् । फिल्मको लेखन, स्किृप्टिङ र निर्देशन विनोद पौडेलले गरेका हुन् । पेशाले उनी फिल्म कलेजका प्रशिक्षक पनि हुन् ।

यो फिल्ममा स्वस्तिमा खड्का र मुकुन भुसालको मुख्य भूमिका छ भने जोयश पाण्डे, लक्ष्मी बर्देवा, दिपक क्षेत्री, एलिना कार्की लगायतले अभिनय गरेका छन् ।

यस्तै ‘बुलबुल’ मा सगुन मानन्धरको भीएफएक्स, सुसान प्रजापतिको छायांकन र अनिमेश सापकोटाको सम्पादन छ । यो फिल्म प्रणय दिवसको अवसर पारेर आउँदो फागुन ३ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ११ : ०६ बजे

विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्नुपर्नेमा जोड

काठमाडौँ– विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्दै स्वायत्त र प्रभावकारी

लिस्ट वितरण हुँदा कांग्रेसभित्र अस्वस्थ प्रतिस्पर्धा भयो : गुरुराज घिमिरे

नेपाली कांग्रेसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाउने तथा पार्टीमा

विगतका तिक्तता बिर्सेर कांग्रेसलाई एकताबद्ध बनाउँछु : प्रदीप पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विगतका तिक्तता बिर्सेर पार्टीलाई

उपभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ- जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको कृत्रिम