‘बुलबुल’ को गीत, स्वस्तिमाको कोसँग बस्यो दिल? (भिडियो) « Khabarhub

‘बुलबुल’ को गीत, स्वस्तिमाको कोसँग बस्यो दिल? (भिडियो)


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाल्पा, गुल्मीतथा अर्घाखाँचीतिर बोलिने भाषिकाको प्रयोग गरी संवाद लेखिएको फिल्म ‘बुलबुल’ को गीत सार्वजनिक गरिएको छ । शनिवार काठमाडौंमा ‘जाद्रै बस्यो दिल’ बोलको गीत सार्वजनिक गरियो ।

पश्चिमतिरै बोलिने भाषिकालाई प्रयोग गरेर गीतका शब्द उनिएको छ । गीतका शब्दलाई मणिकला पौडेलले संकलन गरेकी हुन् भने रजिना रिमालले लोकशैलीमा ढालेर गाएकी छिन् ।

यस्तै भिडियोमा फिल्मका केही दृश्यमात्र समावेश गरिएको छ । ती दृश्यमा फिल्मकी मुख्य नायिका स्वस्तिमा खड्का हावी छिन् ।

अविरल थापा, भीम उपाध्याय, राजु पौडेल र पुरुषोत्तम पाण्डेले मिलेर निर्माण गरेको यो फिल्ममा एक्जुकेटिभ निर्माताका रुपमा रामराज दाहाल छन् । फिल्मको लेखन, स्किृप्टिङ र निर्देशन विनोद पौडेलले गरेका हुन् । पेशाले उनी फिल्म कलेजका प्रशिक्षक पनि हुन् ।

यो फिल्ममा स्वस्तिमा खड्का र मुकुन भुसालको मुख्य भूमिका छ भने जोयश पाण्डे, लक्ष्मी बर्देवा, दिपक क्षेत्री, एलिना कार्की लगायतले अभिनय गरेका छन् ।

यस्तै ‘बुलबुल’ मा सगुन मानन्धरको भीएफएक्स, सुसान प्रजापतिको छायांकन र अनिमेश सापकोटाको सम्पादन छ । यो फिल्म प्रणय दिवसको अवसर पारेर आउँदो फागुन ३ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ११ : ०६ बजे

सुदूरपश्चिमले गुमायो एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

भन्सार छली गरी ल्याइएका गरगहनासहित चारजना पक्राउ

बागमती– मकवानपुर प्रहरीले भन्सार छलि गरी ल्याइएका चाँदीका विभिन्न किसिमका

अटो दुर्घटनामा छ जना घाइते, एकको अवस्था गम्भीर

पाल्पा– स्थानीय रैनादेवी छहरा गाउँपालिका–३ बल्घामा अटो दुर्घटना हुँदा छ

सुदूरपश्चिमले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

डिशहोममा एनपीएलका खेल एचडीमा निःशुल्क हेर्न पाइने

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३  का खेलहरु डिशहोमका