‘समर लभ’ मा केही पात्रको छनोट चित्त बुझेको थिएन: सुबिन भट्टराई « Khabarhub

‘समर लभ’ मा केही पात्रको छनोट चित्त बुझेको थिएन: सुबिन भट्टराई


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पहिलो कृति ‘कथाकी पात्र’ बाट खासै चर्चामा आउन नसकेका सुबिन भट्टराईलाई उपन्यास ‘समर लभ’ ले युवा फ्यानमाझ एकाएक परिचित गराइदियो । उनको यो उपन्यास नेपाली साहित्य बजारमा ‘बेस्ट सेलर’ उपन्यास पनि बन्न पुग्यो । सुबिन सेलिब्रेटी लेखक भए ।

त्यसपछि लेखेका उनका उपन्यास ‘साया’ र ‘प्रिय सुफी’ को पनि चर्चा कम छैन । यद्यपि एक थरी पाठकले भने उनको उपन्यासमा बौद्धिकता नहुने भन्दै विरोध पनि गरिरहेका हुन्छन् ।

यतिबेला भने सुबिन उपन्यासका कारणले भन्दापनि फिल्मका कारण चर्चामा छन् । उनले लेखेको उपन्यास ‘समर लभ’माथि फिल्म बन्ने चर्चा त वि.सं. २०७२ देखि नै चल्न थालेको थियो । यतिबेला भने सोही उपन्यासमा आधारित फिल्म ‘समर लभ’ तयार बनेर पर्दामा आउन रेडी भएको छ ।

फिल्मको टिजर सार्वजनिक भएपछि नै उपन्यास पढिसकेका पाठकले पुस्तकमा वर्णन गरिएजस्तो पात्र नभएको भन्दै असहमति जनाएका थिए ।

सुबिन भट्टराईले यसरी पाठकले लगाएको आरोपलाई स्वीकार्दै आफूलाई पनि पात्र चयनका बेला केही पात्र चित्त नबुझेको बताए । उनले भने, ‘म आफै पनि सबै पात्रको कामसँग सहमत छैन, केहीसँग सहमत छु, मैले यो कुरा निर्देशकलाई पनि बारम्बार भन्दै आएको हुँ ।’

तर, आफूले उपन्यास लेख्दा थुप्रै पात्रको खुबीलाई लिएर एउटा पात्र मर्ज गराएको र त्यस्तो पात्र भेट्न केही गाह्रो हुनु स्वभाविक भएको पनि उनले धारणा राखे । ‘यदि मैले उपन्यास नलेखेर फिल्मलेखेको हुन्थेँ भने फरक कुरा हुन्थ्यो, यो प्रश्नआउनु स्वभाविकहो ।’, उनले भने ।

मुस्कान ढकालले निर्देशन गरेको यो फिल्म आउँदो माघ २५ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्मलाई स्किृप्टमा सामीप्यराज तिमल्सेनाले ढालेका हुन् । साथै यो चलचित्रमा आशिष पिया, रेवती क्षेत्री, नम्रता सापकोटा, सुरजसिंह ठकुरी लगायतका कलाकारको मुख्य भूमिका छ ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  १० : १८ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि