१२ वर्षपछि यूएईसँग श्रम समझदारी विषयमा छलफल | Khabarhub Khabarhub

१२ वर्षपछि यूएईसँग श्रम समझदारी विषयमा छलफल


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाल सरकारले १२ वर्षपछि यूएई सरकारसँग रोजगारीमा जाने कामदारका विषयमा छलफल गरेको छ । श्रम सम्झौता मस्यौदाको बिषयमा यूएईसँगको छलफलमा नेपाली प्राविधिक टोलीले कामदारको सुरक्षा, सेवा सुविधा र शून्य लागतको विषयलाई प्रथामिकतामा राखेको छ । रोजगारीमा जाने कामदारको बिमा र मानव अधिकारलाई प्रथामिकतामा राखेर छलफल गरेको यूएईस्थित नेपाली दूतवास श्रम सहचारी मोतिराम भुसाल जानकारी दिएका छन् ।

नेपालका तर्फबाट छलफलमा सहभागि टोलीले रोजगारीका लागि कामदार आपुर्ति गर्दा फ्रि भिसा र टिकटको व्यवस्था गर्नुपर्ने विषयमा जोड दिएको उनको भनाइ छ । यूएईसँग सन् २००७ मा गरिएको श्रम सम्झौता नवीकरण गर्न लागिएको हो । उक्त समयदेखि यूएईसँग छलफल हुन सकेको थिएन । हाल, रोजगारीका खोजीमा मासिक ५ हजार नेपाली युर्एइ जाने गरेको वेदेशिक रोजगार विभागको तंथ्याकमा उल्लेख छ ।

दुबईको श्रम तथा मानव संशाधन मन्त्रालयमा गत हप्ता भएको छलफल वैदेशिक रोजगारलाई व्यवस्थित, मयादित र सुरक्षित बनाउने विषयमा केन्द्रित भएर छलफल गरेको दूतवासले जनकाएको छ । छलफलमा सहभागी प्राविधिक टोलीले राखेका विषयमा दुवै पक्ष सकारात्मक रहेको र कतिपय कामदारसँगै रोजगारदाता कम्पनीका विषयमा फरक बुझाइ रहेको विषयमा स्पष्ट पारिएको छलफलमा सहभागी यूएईस्थीत नेपाली दूतवासका श्रम सहचारी मोतिराम भुसाल जनाएका छन् ।

सन् २००७ मा भएको एमओयुका बारेमा थप परिमार्जित गर्न यहाँको निकाय सकारात्मक देखियो । यूएई सरकार नेपाली टोली गरेको प्रस्तावमा सकारात्मक भए रहेको भुसालले बताए । उनले भने, कामदारको न्युनतम तलब, घरेलु कामदारको समस्या समाधान, शून्य लागत, बीमालगायतका बिषयसमेत सकारात्मक छ । नेपाली टोलीले शून्य लागतमा नेपाली कामदारले रोजगारीमा आउँदा कुनै खर्च गर्नु नपर्ने विषयमा छलफल भएका छ । यो विषयमा यूएईको छलफलमा सहभागि टोलीले सबन्धित निकायसँग छलफल गर्ने बताएका छन् ।

दुवैपक्षका टोलीले छलफलमा प्रस्तुत गरेका विषयलाई माथिल्लो तहमा पेश गर्ने कार्यतालिका रहेको बताइएको छ । कामदारसँग जोडिएका विषयमा अझै छलफल गर्ने नेपालबाट ५ सदस्यीय प्राविधिक टोली र दूतावासका तर्फबाट कार्यवहाक राजदूत सागरप्रसाद फुुयाँल, श्रम काउन्सुलर भेषबहादुर कार्की र श्रम सहचारी मोतिराम भुसाल सहभागी थिए ।

यूएईको तर्फबाट मानव संशाधनमन्त्री नाशर विन थानी जुमा अल हाम्लीका सल्लाहकारसहित मन्त्रालयका सञ्चार तथा अन्तर्राष्ट्रिय सम्बन्ध हेर्ने सहसचिव डाक्टर ओमार अलनुवाईमी सहभागी रहेको दूतवासले जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ८ : ३३ बजे

दुर्घटनामा एक जनाको मृत्यु

बनियानी – झापाको झापा गाउँपालिकामा आज बेलुका ट्याक्टरबाट खस्दा एक

परराष्ट्रमन्त्रीसँग बिमस्टेकका महासचिवको शिष्टाचार भेट

काठमाडौं – परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा

नेपाल सुपर लिग : ललितपुर सिटीको पहिलो जित

काठमाडौं – ललितपुर सिटी एफसीले नेपाल सुपर लिग ९एनएसएल० फुटबल

आईपीएल : आरसिबीले गुजरातलाई दियो १७० रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा अर्न्तगत जारी खेलमा रोयल

तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप सात जना पक्राउ

काठमाडौं – प्रहरीले काठमाडौंको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा थप