अष्ट्रेलियामा रहँदा भिसा रिजेक्ट भए के गर्ने ? « Khabarhub

अष्ट्रेलियामा रहँदा भिसा रिजेक्ट भए के गर्ने ?


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । के तपाईं अष्ट्रेलियामै रहेको बेला तपाईंको भिसा रिजेक्ट भयो ? त्यसो हो भने तपाईंले कुनैपनि चिन्ता लिनुपर्दैन ।

किनभने अष्ट्रेलियाको माइग्रेसन कानूनले अष्ट्रेलियाको भिसाका लागि पुनः आवेदन दिनसक्ने थुप्रै बाटोहरु प्रदान गरेको छ । प्रक्रियागत रुपमा निवेदन दिन सके अस्वीकृत भएका वा रद्द गरिएका सव–क्लास अन्तर्गतकै भिसा पाउने प्रवल सम्भावना छ ।

त्यसका लागि तपाईंले माइग्रेसनका विज्ञहरुसँग परामर्श गरी आवश्यक कदम चाल्नु बुद्धिमानी हुन्छ । यसो गर्नुभयो भने तपाईंले तपाईको योग्यता र दक्षताको आधारमा फेरि अष्ट्रेलियाको भिसा प्राप्त गर्न सक्नुहुन्छ । यसका लागि इमिग्रेसन वेबसाइटबाट समेत आवश्यक जानकारी लिन सकिन्छ । यस्तै भिसा रिजेक्सन लेटरमा पनि के कारणले भिसा रिजेक्ट भएको हो भन्ने कारण खुलाइएको हुन्छ ।

त्यसैले रिजेक्ट भयो भनेर चिन्ता गरेर बस्नु भन्दा सुधार गर्नुपर्ने कुराहरु सुधार गरेर पुनः आवेदन दिनु बुद्धिमानी ठहरिन्छ । सामान्यतया भिसा रिजेक्ट भएको मितिले २१ दिनभित्र एमआरटीमा अपिल गर्न पाउने कानूनी व्यवस्था छ ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ८ : ५९ बजे

बेमौसमी फलफूलले रोगी बन्दै उपभोक्ता : पोषणविद्का कस्ता छन् सुझाव ?

काठमाडौँ – बजारमा अहिले वर्षैभरि विभिन्न प्रकारका फलफूल सहज रूपमा

कञ्चनपुर–कमला सडक आयोजनाको लागत तीन अर्बले बढ्यो, चौथो पटक म्याद थपको तयारी

सिरहा– हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि

नेपालले मलेसियालाई दुई विकेटले हरायो

काठमाडौँ – नेपाली महिला क्रिकेट टिमले मलेसियालाई दुई विकेटले हराएको

पर्साका औद्योगिक प्रतिष्ठानद्वारा तथ्याङ्क उपलब्ध गराउन आलटाल

पर्सा– तथ्याङ्क समन्वय कार्यालय वीरगन्जले पर्साका ठूला औद्योगिक प्रतिष्ठानहरूबाट आर्थिक

८६ वटा एम्बुलेन्स अद्यावधिक

चितवन– चितवनमा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका छन्