टेस्ट्युब बेबी सेन्टर खोल्न प्रसूति गृहले कुपण्डोलमा बनायो २८ करोडको भवन « Khabarhub

टेस्ट्युब बेबी सेन्टर खोल्न प्रसूति गृहले कुपण्डोलमा बनायो २८ करोडको भवन


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले टेस्ट्युब बेसी सेन्टर सञ्चालन गर्न कुपण्डोलमा नयाँ भवन निर्माण गरेको छ ।

टेस्ट्युब बेबी सेवा संचालनका लागि अस्पतालले २८ करोड लागतमा भवन निर्माण सम्पन्न गरेको हो । तीनवर्षअघि निर्माण सुरु भएको भवन निर्माण सम्पन्न भइसकेको अस्पतालका निर्देशक जागेश्वर गौतमले बताए ।

‘कुपण्डोलमा २८ करोड लगानीमा प्रसूतिगृहको नयाँ भवन निर्माण भइसकेको छ । त्यहाँ हामीले नर्सिङ कलेज र टेस्ट्युब बेबी सेवा संचालन गछौं,’ डा. गौतमले भने, ‘अहिले टेस्ट्युब बेबी सेवा संचालनका लागि आवश्यक पर्ने उपकरणहरु जडान गर्ने प्रक्रियामा छौं,उपकरणहरु जडान गरीसकेपछि सेवा सुरु गछौं ।’

नयाँ बनेको भवनमा नर्सिङ पढाइ भने सुरु भइसकेको गौतमको भनाइ छ । त्यहा अहिले न्याम्सअन्तरगर्तका १ सय २० जना नर्सिङका विद्यार्थीहरु अध्ययनरत छन् ।

थापाथलीमा रहेको भवनमा ठाउँअभाव भएपछि अस्पतालले विगत ८ महिनादेखि टेट्युब बेबी सेवा दिन सकिरहेको छैन ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ९ : ०५ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा