टेस्ट्युब बेबी सेन्टर खोल्न प्रसूति गृहले कुपण्डोलमा बनायो २८ करोडको भवन | Khabarhub Khabarhub

टेस्ट्युब बेबी सेन्टर खोल्न प्रसूति गृहले कुपण्डोलमा बनायो २८ करोडको भवन


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले टेस्ट्युब बेसी सेन्टर सञ्चालन गर्न कुपण्डोलमा नयाँ भवन निर्माण गरेको छ ।

टेस्ट्युब बेबी सेवा संचालनका लागि अस्पतालले २८ करोड लागतमा भवन निर्माण सम्पन्न गरेको हो । तीनवर्षअघि निर्माण सुरु भएको भवन निर्माण सम्पन्न भइसकेको अस्पतालका निर्देशक जागेश्वर गौतमले बताए ।

‘कुपण्डोलमा २८ करोड लगानीमा प्रसूतिगृहको नयाँ भवन निर्माण भइसकेको छ । त्यहाँ हामीले नर्सिङ कलेज र टेस्ट्युब बेबी सेवा संचालन गछौं,’ डा. गौतमले भने, ‘अहिले टेस्ट्युब बेबी सेवा संचालनका लागि आवश्यक पर्ने उपकरणहरु जडान गर्ने प्रक्रियामा छौं,उपकरणहरु जडान गरीसकेपछि सेवा सुरु गछौं ।’

नयाँ बनेको भवनमा नर्सिङ पढाइ भने सुरु भइसकेको गौतमको भनाइ छ । त्यहा अहिले न्याम्सअन्तरगर्तका १ सय २० जना नर्सिङका विद्यार्थीहरु अध्ययनरत छन् ।

थापाथलीमा रहेको भवनमा ठाउँअभाव भएपछि अस्पतालले विगत ८ महिनादेखि टेट्युब बेबी सेवा दिन सकिरहेको छैन ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ९ : ०५ बजे

इङ्लिस प्रिमियर सिपको शीर्ष पाँचमा रहन होड

काठमाडौं – उपाधिको टुङ्गो लागि सकेको इङ्लिस प्रिमियर सिपमा शीर्ष

गलकोटमा एकैपटक दुई स्वास्थ्य चौकी निर्माण

बागलुङ– बागलुङको गलकोट नगरपालिकामा एकैपटक दुई स्वास्थ्य चौकी भवन निर्माण

चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा …

चितवन-  चितवनको विकट कान्दामा अझै सवारी साधन पुगेको छैन ।

बागलुङका सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङमा सम्झौताको १० महिनामा सडक कालोपत्र थालिएको छ ।

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

लमजुङ- जलविद्युत् ‘हब’ बन्दै गएको लमजुङमा १७  आयोजनाले विद्युत् उत्पादन